काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) का बाँकी खेलहरु पनि आगामी शनिबारबाट सुरु हुनेछ । भारत–पाकिस्तानबिचको तनावका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै पिएसएल पनि स्थगित भएको थियो ।
दुवै देशबिच युद्धविराम गर्ने सम्झौता भएसँगै आइपिएल र पिएसएलका बाँकी खेल एकै दिनबाट सुरु गर्न लागेका हुन् ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले सामाजिक सञ्जालमार्फत मे १७ बाट सुरु हुने खेलका लागी तयार रहन आग्रह गरेका छन् । फाइनल खेल मे २५ मा हुनेछ ।
पिएसएलका लिग चरणका ३४ मध्ये २६ खेल सकिएका छन् । खेल तालिका र खेल स्थानबारे भने अध्यक्ष मोहसिनले केही खुलाएका छैनन् ।
आइपिएलका लिग चरणका ७५ खेलमध्ये ५७ खेल सकिएका छन् । १० टोलीमध्ये ३ टोली प्लेअफको दौडबाट बाहिरिसकेका छन् । फाइनल खेल जुन ३ मा हुनेछ ।

Leave a Reply