ओभरलाेडले पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध 

रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ। पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर ८ चोरमारा बजारमा रहेको गिरुबारी पुल भासिएपछि यातायात अवरुद्ध भएको छ।

गएराती ९ बजेको समयमा ओभरलोड ट्रक बिच पुलमा पुग्दा पूर्वतर्फको भागमा भासिएपछि अवरुद्ध भएको हो। अहिले लामा तथा छोटा दुरीका सवारी साधनहरू अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

सडक अवरुद्ध भएपछि सवारी साधनहरू करिब ३ किलोमिटर दक्षिण रानीबारी हुँदै आवतजावत भएका छन्।

पुल भासिएर मुख्य मार्ग अवरुद्ध पूर्वपश्चिम राजमार्गमा साना गाडीहरू वैकल्पिक बाटोबाट सञ्चालन गरिएको छ । त्यहाँस्थित पत्रकार रामकुमार श्रेष्ठका अनुसार पुल धेरै पुरानो र जीर्ण अवस्थामा रहेको र अहिले ओभरलोडले भासिएपछि नजिकैको खोला छेउबाट डाइभर्सन गरिएको छ तर  सानो पानी आए पनि चल्न नसक्ने अवस्थामा छ ।

चोरमारामा रहेको गिरुबारी खोलाको पुलमा मप्र०३-००१ क ३१६३ नं को १८ चक्के टेलर० किलिङ्गर बोकी होङ्सी सिमेन्ट कम्पनीबाट वीरगन्जतर्फ जाँदै गरेको टेलर पुलमा हिँड्दै गर्दा पुल भासिएपछि यातायात गएरातीबाट अवरुद्ध भएको थियो।

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेका अनुसार पुल भासिएपछि अवरुद्ध यातायात खोलामा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा सञ्चालन गरिएको छ।

अहिले खोलामा पानी नभएका कारण  साना र यात्रुवाहक सवारी साधनहरू सुचारु भएका छन् भारी लोड बोकेका लहरीहरू तत्काल सञ्चालन गर्न खोलामा मोड नपुग्दा रोकिएको उनको भनाइ छ । छन् प्रमुख जिल्ला अधिकारी पाण्डेले भने। खोलामा बाढी आयो भने त्यो पनि रोकिन्छ उनले बताए ।

पाण्डेका अनुसार पुलको अवस्था अध्ययन गर्न काठमाडौंबाट सडक विभागबाट प्राविधिकहरूको टोली आइपुग्दैछ उनीहरूले अध्ययन गरेपछि मर्मत गरेर सञ्चालन गर्न सकिन्छ सकिँदैन निश्चित हुनेछ। मालवाहक ठूला र लामा सवारी साधन तत्काल यातायात सुचारु गर्ने अवस्था नरहेको उनले जनाए ।

 

Comments

One response to “ओभरलाेडले पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध ”

  1. ksp pyl Avatar
    ksp pyl

    पैसा खाएर ओभरलोडको स्वीकृति दिने ट्राफिकलाई जागिरबाट निकाली हाल । जिम्मेवार नबनाउने हो भने अराजकता बढि नै रहन्छ । शुरूवात यहिंबाट गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *