पोखरा । बेलुकी अत्यधिक हावाहुरी चलेपछि फेवातालमा फसेका ३ इजरायली पर्यटकको सशस्त्र प्रहरीले उद्दार गरेको छ ।
काठको डुङ्गामा बोटिङ गरिरहेको अबस्थामा अचानक आएको हावाहुरीका कारण छाल आउँदा अलपत्र तथा जोखिममा परेका २ पुरुष र १ महिला गरि ३ जना इजरायली पर्यटकको उद्दार गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्की बाट फेवा रेस्क्यू टावरमा तैनाथ बिपद उद्दार टोलिले मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।


Leave a Reply