देशबासीलाई सम्बोधन गर्दै मोदीको जिकिर- पाकिस्तानको सैन्य र आतंककारी अड्डाको आक्रमण रोकिएपनि अन्त्य भएको छैन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतङ्ककारी अड्डाको आक्रमण स्थगन भएपनि अन्त्य नभएको जिकिर गरेका छन् ।

सोमबार देशको नाममा सम्बोधन गर्दै मोदीले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । शनिबार दुई देशको युद्ध विराम पछि मोदीको सम्बोधन आएको हो ।

मारिएका ुआतङ्ककारीुहरुको शवयात्रामा पाकिस्तानी सेनाका अधिकारी सरिक भएको आरोप लाउँदै मोदीले राज्य प्रायोजित आतङ्कवादको नमुना त्यै भएको दाबी गरे । उनले युद्धका हरेक मोर्चामा पाकिस्तानलाई धुलो चटाएकोु पनि दाबी गरे ।

पाकिस्तानसँगको वार्तामा पाकिस्तानको कब्जाको कश्मीर र आतङ्कवादबाहेक अरुमा नहुने भन्दै मोदीले बुद्ध पूर्णिमाको सन्दर्भ जोड्दै भने, ‘शान्तिको बाटो पनि शक्तिले तय गर्छ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *