काठमाडाैं । बुद्ध जयन्तीको अवसर पारेर चलचित्र ‘तुलसीराम’ को निर्माण घोषणा गरिएको छ । चलचित्र यहीँ जेष्ठको अन्तिम साता बाट छायांकनमा जाने निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रको छायांकन काठमाण्डौ, चित्लाङ्ग र हेटौडाको बिभिन्न ठाउँमा गरिनेछ । एल आरआरको ब्यानरबाट निर्माण हुन् लागेको यो चलचित्रको निर्देशन निर्देशक बाबु शाहेब बलामीले गर्न लागेका हुन । चलचित्रमा बलामीकै कथा रहने छ।
चलचित्रको लेखक शंकर अधिकारी घायल हुन भने चलचित्रको कार्यकारी निर्माता तथा द्वन्द निर्देशकमा देव महर्जन रहनेछन् । विकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहने चलचित्र पारिवारिक कथामा निर्माण हुनेछ ।

Leave a Reply