राष्ट्रपति पौडेलले तनहुँमा गरे ज्येष्ठ नागरिकलाई सम्मान

दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।

ढाडे कूल पूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेकाे स्थानीय श्रीहरि पौडेलले जानकारी दिए । राष्ट्रपति पौडेलले स्थानीयबासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए ।

राष्ट्रपति पौडेलको पुर्ख्याैली थलो रिस्ती हो । राष्ट्रपति पौडेलले आजै काठमाडाैं फर्किने कार्यक्रम रहेको छ । -रासस

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *