परिवर्तन र निर्माणको संवाहक नयाँ पुस्ता

नेपाल विषम परिस्थितिबाट गुज्रिरहेको छ । देश राजनीतिप्रतिको दलीय अवधारणा, नेतृत्वको क्षमता, नैतिकता, भरोसासमेत निरुत्साहित भएको अवस्थामा छ । दलका नेताहरूमा मौका छोप्ने र छुट्नसक्ने प्रवृत्ति हाबी छ । यो प्रवृत्ति जनमानस र कार्यकर्तासमेतमा रहेको छ । परिवारवाद, घरानावाद, नोकरशाही र सामन्तवाद, दलाल पूँजीवादबाट देशले अलिकति बामे के सरेको थियो, आफन्तवाद, आशीर्वाद, कृपावाद, पैसावाद, अहम्वादको भ्रमजालमा गाँजिन पुगेको छ । सार्वभौम भनिने स्वाभिमानी नेपाली जनताको उत्पादन, आय, सञ्चिति र जाँगरसमेत घटेको सहजै महसुस हुन्छ । पैसा मिथ्याको सहानुभूति र आश्वासनबाट प्रेरित छ नेपाली राजनीति ।

देशले वैकल्पिक राजनीतिको विकल्प खोज्दैछ । नयाँ शक्ति निर्माण गर्न सामाजिक स्तर, नागरिकको परिस्थितिले बाध्यता र आर्थिक परिबन्दको भारले उदारता, संस्कार, सहयोग दान चन्दा लिने, दिने, माग्नेप्रति समाजको हेर्ने दृष्टिकाेण फरक छ । त्याग, तपस्या, सामूहिक श्रम, सामूहिक समृद्धि र सामाजिक विकास भन्दा पनि स्वार्थ र व्यक्तिगत समृद्धिप्रति चिन्तित देखिन्छ । मुख्य काम समाधान, विकल्प र विकासप्रति आतुर छन्, तर टिखी ट्यासट्यास– आर्थिक अभाव र परिबन्दमा अड्एिकाले आगामी दिशा निर्देश हुन नसकेको परिस्थिति बनेको सत्यता कतै लुकेको छैन । यस्तै परिस्थितिमा इतिहास त के, वर्तमान र भविष्य बेच्नु मानवको वैकल्पिक बाँच्ने आधार र पराधीनता स्वीकार्न बाध्य हुनेछ ।

विश्व राजनीति, मिसन, रणनीति, राष्ट्रिय, सीमाभित्रको रङ, भेषभुषा, सोच, स्वार्थ र फुटको राष्ट्रियता, गैरराष्ट्रियता र मिश्रित राष्ट्रियता हुँदै आर्थिक सामाजिक, धर्म, रिवाज, रीतिथिति दुर्घन्धित गर्दै नेपाली सामाजिक संरचना धमिलो बनाइएको छ । यस्तो यथार्थ भए पनि विचार-विचारमा विभाजित गठजोड र गोलबन्दको राजनीति गर्ने नेतृत्वको विचारमा घर, समाज र देश हितप्रतिको विचार कहिल्यै आएन । परिस्थिति र विवेकको उपज विचार हो । लोक कल्याणकारी सामाजिक व्यवस्था र पूर्ण लोकतन्त्र, सर्वो हितायको सिद्धान्त नेपालवाद नै नेपाली मौलिक विचार हो । देश विकास, सम्पन्नता, बौद्धिकताको सम्मान र समुचित प्रयोगबाट स्वार्थरहित समाज निर्माण हुन्छ भन्ने सिद्धान्त स्थापित गर्नुपर्छ ।

हरेक नागरिकमा दायित्वबोध हुनुपर्छ । जनता होइन, सचेत नागरिक बनाउने प्रयास र संस्कारको निर्माणले राष्ट्रियताको दिगोपना, आत्मविश्वास र सामाजिक, आर्थिक र राजनीतिक परिस्थिति फेरिनसक्छ ।

हरेक नागरिकमा दायित्वबोध हुनुपर्छ । जनता होइन, सचेत नागरिक बनाउने प्रयास र संस्कारको निर्माणले राष्ट्रियताको दिगोपना, आत्मविश्वास र सामाजिक, आर्थिक र राजनीतिक परिस्थिति फेरिनसक्छ । देशको वर्तमान परिस्थितिमा सचेत नागरिक, अगुवा, बौद्धिक वर्ग र नयाँ पुस्ताका क्रियाशील कर्णधारहरूको सजगता, सक्रियता र एकता अझ प्रगाढ हुन आवश्यक छ । दल, दलीय विचार र आस्थाभन्दा माथि उठ्नु नैतिक दायित्व हो । युवा पुस्ता दलचक्रको लोभ, निकट अपनत्व र आश्वासनको भ्रमबाट सचेत छन् र रहनुपर्छ. यो जरुरी छ ।

राजनीति नेता नीति चरित्र बुझ्दै चातुर्यता देखाउँदै साझा हितकारी विचार सम्पन्नता, रोजगारी, उद्यम, उत्पादन र आय केन्द्रित हुँदै विकासको आधार तय गर्नुपर्छ । हरेक चिज ठीक हुन्छ, देशलाई परिबन्दबाट निकालौं, मुख्य विचार यही हो । जनता मन्दीको कहर र अनिश्चितताबाट तड्पिरहेका छन् । महँगी र ब्याजको प्रभाव लामो समय नियमित रहनु र असन्तुलित हुनु, राजस्व लक्ष्य अस्वाभाविक हुनु शिथिलताको गतिलो प्रमाण हो । यसको निरन्तरताको अन्त्य गर्न विकासका आधारभूत संरचनाको सबलीकरण, आर्थिक अनुशासन र परिपक्वता देखिनुपर्छ ।

आर्थिक लक्ष्यहरू र यथार्थबीच धेरैको फरक हुनु, निर्धारित लक्ष्य निष्क्रिय हुनु अस्वाभाविक नतिजा आउनु, पटकपटक बन्ने प्रधानमन्त्री र मन्त्री भनाउँदाको असफता परीक्षाबाहेक केही मान्न सकिन्न युग बदलियो, तर स्थिति उही रह्यो । जनता कर तिर्न असमर्थ हुँदै गर्दा राज्यको उत्तरदायित्वप्रति भरोसा मार्दै गरेको अनुभूति युवा पुस्तालाई छ । सरकार बजेट निर्धारण, योजना र नीति तर्जुमा लागेको छ । बजेटको सदुपयोगको लागि यर्थाथपरक बजेट आओस् । १५-२० प्रतिशतको तलमाथि प्राथमिकीकरणमा यथोचित असर अध्ययनको विषय मान्न सकिएला, तर यसभन्दा फरक राष्ट्र र जनतासँगको बेइमानी गलत नेतृत्वको संस्कारको निरन्तरता नै हुनेछ चेत आओस् ।

आगामी ३ वर्ष देशको राजस्व ५ देखि ७ अर्बमात्र रहने अवस्थामा बजेटको पुनरवलोकन र नियमित खर्च शीर्षक कटौतीमात्र विकल्प देखिन्छ । आम्दानीको दायरा बढाउने भन्दा पनि हावादारी आंकलन गरे पनि अनुभव र प्राविधिक ज्ञानको अभावमा सो आंकलन झूट साबित हुने पक्का छ । निर्विकल्प देशको बजेट खर्च ऋणबाट गरिने छ र ऋण ३० खर्बभन्दा बढी हुनेछ । नेपालको लाचारिताको चरम स्थिति यो २०-३० को दशकमै देखिनेछ । दातृ संस्था निरुत्साहित हुँदै जानेछ । यद्यपि देश भूपरिवेष्ठित र विकासशील न्यून आय भएको राष्ट्रमा सूचीकृत छ ।

हाम्रोसामु अवसर र चुनौतीको चांग छ । ढिलै भए पनि स्रोतसाधन, योग्यता विज्ञता र अनुभवको समुचित प्रयोग र सम्मान दलीय विभाजित मानसिकताभन्दा देश धर्म र सामूहिक प्रतिज्ञाबाट प्रेरित हुनुपर्छ । देश निर्माणको साझा संकल्प हुनुपर्छ ।

हाम्रोसामु अवसर र चुनौतीको चांग छ । ढिलै भए पनि स्रोतसाधन, योग्यता विज्ञता र अनुभवको समुचित प्रयोग र सम्मान दलीय विभाजित मानसिकताभन्दा देश धर्म र सामूहिक प्रतिज्ञाबाट प्रेरित हुनुपर्छ । देश निर्माणको साझा संकल्प हुनुपर्छ । न्यून आय भएका देशहरूले विकसित राष्ट्रहरू सिकाइबाटै विकासको आधार तय गर्दा आधुनिक समयको माग र युवा पुस्ता आकर्षित भै रूपान्तरण छोटो समयमा सम्भव हुन्छ । अन्तरराष्ट्रिय सहायता, सुलभ, सस्तो वित्तीय सहयोग, अनुदान र न्यून ब्याजदरमा आर्थिक सहायता पाउनु, भुटानी सहुलियत पाउनु, विश्व बैंक आइमफ तथा दातृ निकाय तथा संस्था र धनी देशसँग सम्बन्ध राम्रो हुनु नेपालको लागि बाह्य स्रोतसाधन सम्बन्धको सही सदुपयोग हुन् आवश्यक छ । नेपालको विकास नीति सडक बनउने कालोपत्रे र डोजर किन्दै ठेकेदार र ज्यालादारी ढुंगागिट्टीमै सीमित भयो । आवश्यक र दीर्घकालीन योजनामा यस्तो लगानीको ध्येय हुनुपर्छ । उद्यम, उत्पादन, स्वास्थ्य, शिक्षा, सीप केन्द्रित लगानी नीति र कोष नीति बनाउन आवश्यक छ ।

नेपालले न्यून आय भएका देशअन्तर्गत जुनै पनि बजारमा जहाँ पनि आफ्नो उपस्थिति जनाउन सम्भव छ, तर गुणस्तर, मापदण्ड, प्रक्रिया, साझा प्लाटफर्म र संरचना निर्माण गरी जानकारी र सचेतना दिन आवश्यक छ । सस्तो ज्यालादारीका कारण उत्पादन लागत कम हुने र बजारमा प्रतिस्पर्धी रूपमा उभिन आन्तरिक र वैदेशिक उद्यमको लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ । नेपाल प्राकृतिक रूपमा सम्पन्न मुलुक हो । यसको उचित ब्यवस्थापन, खानी, खोला, खेल, खेत, खनिज र जलविद्युत, उद्यमशीलता र सेवाको प्रचुर सम्भावना बोकेको छ ।

क्षेत्रगत औद्योगीकरण, पूर्वाधार विकास, प्राविधिक प्रविधि विकास र यसको अधिकतम प्रयोगले निरन्तर लामो समयको लागि वृद्धि र मुनाफाको सुनिश्चितता हुनसक्ने आधार निर्माण हुन्छ र वृद्धिदर उच्च रहनसक्छ । गरिबी निवारणको लागि वैदशिक चासो र सहयोग नेपालमा अधिक हुनसक्छ । विश्व वातावरणीय उत्थान, दिगो विकासको सहकार्य र साझेदारीमा प्रत्यक्ष हिस्सा लिनसक्छ । नेपालको मुख्य चुनौती गरिबी निवारण, असमानता, न्यून पूर्वाधार, यातायात, विद्युत र सूचना सञ्चार हो, जसबाट आर्थिक क्रियाकलाप र प्रगतिमा अवरोध हुन्छ ।

विश्व औद्योगीकरण र प्रदूषणले नेपाल अति जोखिममा छ । विश्वको प्राकृतिक सुरक्षा नेपालले नै गर्नुपर्छ । त्यसैले विश्वले नेपाललाई कार्बन उत्सर्जन सूचक निर्धारण गरी कोष निर्माण गर्न सहयोग गर्नुपर्छ । विश्वका धनी देशहरू यसको सरोकारवाला पक्ष बन्नुपर्छ ।

जलवायु आधारित हाम्रो कृषि प्रणाली र कृषिमा निर्भर अर्थतन्त्रको व्यवस्थापन, बजारीकरण औद्योगीकरण, संयन्त्रको विकास र व्यवसायीकरणको प्रचुर सम्भावना छ, तर मूल्यवृद्धि र प्राकृतिक क्षतिले चुनौतीपूर्ण छ । सीमित औद्योगीकरण रहेकाले विविधीकरणको अभावमा जतिबेला पनि अर्थतन्त्रमा चुनौती र दबाब रहेको छ । यसले रोजगार थप्ने र सृजनाको चुनौती थपेको छ । दलीय प्रणालीभन्दा पूर्ण लोकतन्त्र, आवधिक चुनाव र कठोर सजाय नीतिले सुशासन र प्रतिफलको सुनिश्चितता हुन्छ । राज्य विचारमा विभाजित भन्दा प्रस्ट दृष्टिकोण हुनुपर्छ । स्वस्थ जीवन र उच्चस्तरको शिक्षाले राष्ट्रको ज्ञान, पुँजी र समझदारी आउँछ । कार्य व्यस्तताले व्यक्तिको उत्पादकत्व एवं आयवृद्धि हुन्छ र जीवनस्तरमा सुधार हुन्छ ।

विश्व औद्योगीकरण र प्रदूषणले नेपाल अति जोखिममा छ । विश्वको प्राकृतिक सुरक्षा नेपालले नै गर्नुपर्छ । त्यसैले विश्वले नेपाललाई कार्बन उत्सर्जन सूचक निर्धारण गरी कोष निर्माण गर्न सहयोग गर्नुपर्छ । विश्वका धनी देशहरू यसको सरोकारवाला पक्ष बन्नुपर्छ । विप्रेषणमा बढ्दो निर्भरताले बाह्य र आन्तरिक चुनौती थपिएको छ । बाह्य संकटले आन्तरिक अर्थतन्त्रको फैलावट तथा विकासमा अवरोध नहुने सुनिश्चित हुनुपर्छ । यसको समाधानको लागि वैकल्पिक सुरक्षित प्रणाली या कोष निर्माण गर्न आवश्यक छ ।

व्यापार घाटा कम गर्न यथोचित कर, कर नियन्त्रण, करको दायरा विस्तार एवं स्रोतको व्यवस्थापन, सीमा संयन्त्रको विकास, भन्सारको पुनर्संरचना र सुरक्षा प्रणालीको आधुनिकीकरण गरी आन्तरिक बजारको मूल्य प्रतिस्पर्धालाई चुस्त बनाई व्यापार घाटा निरन्तर कम गर्न सकिन्छ । त्यसैले नयाँ पुस्ताको नयाँ नेतृत्वले परिवर्तनको ऊर्जा पुरानोको विरोधमा व्यर्थ खर्चिनुभन्दा नयाँ निर्माणमा केन्द्रित हुन आवश्यक छ । परिवर्तन, निर्माण र विकासको संवाहक नयाँ पुस्ता हाे । उनीहरूमाथि भरोसा गरौं ।

(लेखक तिवारी विकास, सुशासन तथा मौद्रिक नीति अध्येता हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *