काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ५-० गोलले पराजित गरेको हो । यो जितसंगै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
समूह ‘बी’ बाट नेपाल र भारत सेमिफाइनलमा पुगेका हुन् । दुवै खेल हारेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० ले हराएको थियो । नेपालले अब मंगलबार भारतसँग खेल्नेछ । समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स छन् ।

Leave a Reply