इस्लामिक आतंकवादबाट नेपाल कति छ ‘महफुज’ ?

भारतको जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ मा आतंकवादीले नेपाली नागरिक सुदीप न्यौपानेसहित २८ जनाको हत्या गरेको थियो । आतंकवादीको मजहब हुँदैन भन्ने मान्यताविपरीत पहलगाममा धर्म सोधेर एउटा अमुक धर्मका निहत्थाहरूको हत्या गरे आतंकवादीहरूले । पहलगाममा भएको आतंकवादी हमला पाकिस्तानले गराएको ठहरसहित भारतले पाकिस्तानलाई कूटनीतिक माध्यमबाट जवाफ दिँदै यो लेख तयार पार्न बस्दासम्म पाकिस्तानमा ‘अप्रेशन सिन्दूर’ चलाइरहेको छ । पाकिस्तानमा भारतले चिह्नित गरेको आतंकी अड्डाहरूमा ‘एयर स्ट्राइक’ गर्‍यो । अन्तर्राष्ट्रिय मिडियाहरूको अनुसार भारतले गरेको कारबाहीमा पाकिस्तानमा बसेर विश्वभरि आतंकी प्रभाव पार्न सक्रिय आतंकवादी संगठनका हेडक्वार्टरहरू ध्वस्त भएको छ । पाकिस्तानको तर्फबाट पुनः हमला भइसक्यो र तत्काल यसले निरन्तरता पाउने देखिन्छ ।

दशकौंदेखि हुँदै आएको आतंकवादी हमलाहरूमा पाकिस्तानको खुला हात रहँदै आएको तथ्यसँग एक प्रकारको विश्व सहमति छ । अहिले भारत-पाकिस्तान युद्धोन्मुख अवस्थामा पुगिसकेको छ । खासमा भारतमा हुने गरेको हमलाको कारण हो ‘इस्लामिक आतंकवाद’ जसलाई कट्टरपन्थी वा जिहादी आतंकवाद पनि भन्ने गरिन्छ । फेरि यसको अर्थ मुसलमान आतंकवादी हुन्छ भन्ने ध्येय बिल्कुलै पाल्नुहुँदैन, तर धर्मको भूराजनीतिक महत्वलाई इन्कारसमेत गर्न मिल्दैन ।

नेपाल सरकारले प्रेस विज्ञप्ति सार्वजनिक गर्‍यो । नेपाली कांगे्रसले आधिकारिक रूपमा आतंकवादको विरुद्ध धारणा राख्यो, माओवादीका केही जिम्मेवार नेताहरू भारतले पाकिस्तानमाथि गरेको ‘रिट्यालियसन’ को विरोध गर्‍यो । पाकिस्तानमा उत्पादित इस्लामिक आतंकवादीले नेपालीको हत्या गरेको विरोधमा पकिस्तानी दूतावासको माध्यमबाट पाकिस्तान सरकारको ध्यानाकर्षण गराउन उचित ठानेन, बरु पाकिस्तानी दूतावाससँग हिमचिम राख्ने नागरिक समाजका एक जना लोकप्रियतावादी अगुवाले भारतीय दूतावास अगाडि उभिएर कार्यक्रम गरिरहेका छन् ।

पाकिस्तान आतंकवादी उत्पादन र त्यसको संरक्षण गर्ने देश हो भनी भारत वा अन्य ठूला शक्ति राष्ट्रहरूले मात्र भनिरहेका छैनन् । संयुक्त राष्ट्रसंघले १५० भन्दा अधिक आतंकी संगठन वा संरचनाहरू पाकिस्तानमा रहेका छन् भनी सूची सार्वजनिक गरेको छ । अहिले भारत-पाकिस्तानबीच सृजित युद्धको अवस्थालाई नेपालले कसरी लिने भनी यहाँ बहस सुरु भएको छ । तत्क्षणताको दृष्टिकोणले यो बहसको महत्व रहे पनि नेपालमा अंकुरित इस्लामिक आतंकवादबारे गम्भीर र जिम्मेवारपूर्ण बहसको थालनी गर्न सक्नुपर्छ । भारतको सन्दर्भमा विश्व चर्चित इस्लामिक आतंकवादको मान्यता के हो ? भारतसँग १७५१ किलोमिटर खुला सीमा साझा गर्ने नेपालमा यसको कस्तो साइनो छ ? इस्लामिक आतंकवादबाट ‘महफुज’ छ त नेपाल ?

खासमा भारतमा हुने गरेको हमलाको कारण हो ‘इस्लामिक आतंकवाद’ जसलाई कट्टरपन्थी वा जिहादी आतंकवाद पनि भन्ने गरिन्छ । फेरि यसको अर्थ मुसलमान आतंकवादी हुन्छ भन्ने ध्येय बिल्कुलै पाल्नुहुँदैन, तर धर्मको भूराजनीतिक महत्वलाई इन्कारसमेत गर्न मिल्दैन ।

सन् १९४७ मा तत्कालीन भारत स्वतन्त्र हुने बखत पाकिस्तान नामक अर्को नयाँ देशको जन्म भयो, मोहम्मद अलि जिन्हाको नेतृत्वमा । सँगै स्वतन्त्र भएको भारत अहिले लोकतान्त्रिक मान्यतालाई आत्मसात गर्दै विश्व शक्ति बन्ने दौडमा छ । मुस्लिम धर्मलाई मात्र आधार बनाएर निर्मित मुस्लिम राष्ट्र पाकिस्तानले इस्लामियतलाई समेत टिकाउन नसकेको देखिन्छ । पाकिस्तानमा अल्लाहको नाम लिएर त्यहाँका आर्मी र आतंकवादी संगठनहरूले राजनीतिमा नियन्त्रण जमाउँदै आएका छन् । पाकिस्तानीमा कठोर धार्मिकताको बिजारोपण जिया उल हकले गरेका थिए ।

‘पाकिस्तानः अ न्यू हिस्ट्री’ भन्ने पुस्तकमा लेखक इयान टलबोट लेख्छन्, ‘जिया उल हकको शासन (१९७७-१९८८) ले राष्ट्रपतिको अधिकार र सेनाको स्थापित राजनीतिक र आर्थिक भूमिकालाई बलियो बनायो । जियाको युगमा फैलिएको धेरै मस्जिद र मदरसाहरू अत्यधिक साम्प्रदायिक हुनुका साथै अन्तर्राष्ट्रिय जिहादी दृष्टिकोणप्रति प्रतिबद्ध थिए ।’

जिया उल हकको मान्यता थियो कि ‘इस्लामीकरणको नाममा सिर्जना गरिएको पाकिस्तान इस्लाममा अडिग रहेमात्र बाँच्नसक्छ’ र यो भाष्य पाकिस्तानलगायत कट्टरपन्थमा विश्वास गर्नेहरूमाझ भाष्यको रूपमा स्थापित हुन गयो । सन् १९८३ तिर जियाले पाकिस्तानमा इस्लामिक दण्डसंहिता एवम् शरियत अदालत, इस्लामिक कर व्यवस्था, जकात दान, राज्य समर्थित मस्जिद र इस्लामिक स्कूल एवं विश्वविद्यालयहरू स्थापना भए । सन् १९४७ मा पाकिस्तानमा केवल २५० मस्जिद स्कूल थियो । धेरै विद्यालय मुख्य देवबन्दी, बरेलवी र अहल-ए-हदिस इस्लामिक सम्प्रदायहरूसँग जोडिएका थिए । लेखक इयानका अनुसार साउदी अरेबिया जस्ता मुस्लिम देशहरूबाट वित्त पोषित ती विद्यालयहरूले वहाबीवाद र देवबन्दवादको मिश्रण सिकाउँथे । देवबन्द र बेरेलवी मुस्लिमहरूले मान्ने सौम्य अभ्यास हो भने वहावीवाद वा अहल-ए-हदिस भनेको प्रोफेट मोहम्मदले उहिल्यै गर्नुभएको धार्मिक एवं व्यवहारलाई आजको सन्दर्भमा ‘हूबहु लागू गराउनु हो ।’

पाकिस्तानका मदरसा र अन्य स्कूलहरूमा जियाले अफगान जिहादलाई अगाडि बढाउने सन्दर्भमा जानाजानी केही संस्थारुलाई खुला समर्थन र संरक्षण दिन थाले । तालिबान आन्दोलनपछि यस शैक्षिक परिवेशबाट यसको कट्टरपन्थी नवकट्टरपन्थी दृष्टिकोण र जिहादप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूसहित उदय हुन थाल्यो र तबलिग र जिहादका इस्लामिक धागाहरूलाई एकसाथ ल्यायो ।

भारतको सन्दर्भमा विश्व चर्चित इस्लामिक आतंकवादको मान्यता के हो ? भारतसँग १७५१ किलोमिटर खुला सीमा साझा गर्ने नेपालमा यसको कस्तो साइनो छ ? इस्लामिक आतंकवादबाट ‘महफुज’ छ त नेपाल ?

सन् १९९० को दशकबाट हो, इस्लामिक आतंकवाद र यसको मान्यताको फैलावट हुन थालेको । इस्लाममा मूलतः संसारलाई दुई भागमा बाँडेर हेर्ने गरिन्छ । पहिलो- ‘दारुल इस्लाम’ अर्थात मुसलमान शासित देशहरू । दोस्रो- ‘दारुल हर्ब’ अर्थात त्यस्तो देश, जहाँ इस्लाम मान्नेहरू त छन्, तर त्यहाँ शासन गैरमुसलमानको हुन्छ । अहिले विश्वमा ५० भन्दा अधिक इस्लामिक देशहरू छन् । अतिवादी मुसलमान समूहहरूले दारुल हर्बको लागि ‘गजवा-ए-हिन्द’को मिसनलाई अगाडि बढाउँदै आएको छ । गजवा-ए-हिन्द भनेको युद्धको माध्यमबाट भारतमा इस्लामी सत्ताको स्थापना गर्नु हो । त्यस्तै दक्षिण भारतीय उपमहाद्वीपमा बसोबास गर्ने गैरमुसलमान (काफिर) माथि विजय हासिल गरी इस्लामिक मान्यतामा शासन गर्नु हो । पाकिस्तानी संस्थापनका कट्टरपन्थी नेतृत्वहरूको बुझाइमा भारतमा जसरी पनि इस्लामिक शासन ल्याइनुपर्छ ।

भारत र नेपाल दुई अलग सार्वभौम देश भए पनि भूगोल र सभ्यताको दृष्टिकोणले नेपाल बाहिरका कट्टरपन्थी इस्लामिक शक्तिहरूको लागि नेपाल उच्च रणनीतिक महत्व राख्छ । भारत स्वतन्त्र हुनेबेला कश्मीरको आधा हिस्सा भारत र आधा पाकिस्तानले आफू मातहत राखे, तर भारत र पाकिस्तान दुबैले सिंगो कश्मीरमाथिको आआफ्नो दाबी छाडेन । सिंगो पाकिस्तान र त्यहाँ सेल्टर पाएका विश्व घोषित आतंकी संगठनहरूको लागि कश्मीर भनेको ‘गजवा-ए-हिन्द’को मिशनमा महत्व राख्दै आइरहेको छ ।

भारतले अहिलेसम्म त्यहाँ सक्रिय रहँदै आएका झण्डै दुई दर्जन संगठनहरूको साँठगाँठ आतंकवादसँग रहेको भन्दै त्यस्ता गैरसरकारी संस्था र संगठनहरू बन्द गराएको छ । पाकिस्तानमा जिया उल हकले सुरु गरेको ‘कठोर इस्लामिकता’को प्रार्दुभाव भारतमा मात्र होइन, नेपालमा समेत पर्दै गएको छ । ‘गजवा-ए-हिन्द’मा लागेका शक्तिहरूले नेपाललाई एउटा ‘स्ट्राटेजिक करिडोर’को रूपमा लिइरहेका हुन्छन् ।

हुन त नेपालमा ऐतिहासिक रूपमा मुस्लिम बसाइसराइको मुद्दामा ठोस मतैक्य अपनाउन गाह्रो छ । यद्यपि लेखक प्रकाश उपाध्यायले आफ्नो पुस्तकमा लेखेको आधारमा भन्नुपर्दा ‘१३औं शताब्दीमा मुस्लिम शासक बख्तियार खिल्जीले तिब्बतमा आक्रमण गर्दा उनका केही सैनिक गोप्य रूपमा नेपाल प्रवेश गरेका थिए ।’ त्यस्तै काठमाडौं उपत्यकामा मुस्लिमहरूको पहिलो आगमन १५औं शताब्दीको अन्त्य र १६औं शताब्दीको सुरुमा राजा रत्न मल्लको शासनकालमा जब तिब्बतबाट कश्मीरी व्यापारीहरू गलैंचा र उनी कपडाको व्यापारको लागि तिब्बत हुँदै उपत्यका प्रवेश गरेका थिए ।

‘मुस्लिम अफ नेपाल’ नामक पुस्तकमा लेखक प्रकाश उपाध्याय लेख्छन्- ‘इस्लामी संसारका कट्टरपन्थी र इस्लामवादीहरूसँग सम्बन्ध राख्ने इस्लामी संगठनहरूको बढ्दो वृद्धि नेपालका जनताको चिन्ताको विषयमात्र बनेको छैन, बल्की यो दक्षिण एसिया र सम्पूर्ण विश्वको लागि सुरक्षा जोखिम पनि हो ।’

यो पनि भनिन्छ कि नेपालका शासकहरूले छिमेकी भारतीय क्षेत्रबाट केही दर्जन मुस्लिम सेनाका कर्मचारीहरूलाई हतियार चलाउने तालिम दिन नेपाल आमन्त्रण गरेका थिए । नेपालको तराईमा बसोबास गर्ने मुस्लिमहरू २०औं शताब्दीको अन्त्यतिर उत्तर भारतीय राज्यहरू बिहार, उत्तर प्रदेश र बंगालबाट कृषि मजदुर वा उर्बर कृषि भूमि खोज्दै अप्रवासीको रूपमा आएका थिए । हाल मधेशका चार जिल्ला पर्सा, रौतहट, बाँके र कपिलवस्तु, जहाँ मुस्लिम जनसंख्या ५० प्रतिशतभन्दा बढी छ । बारा, महोत्तरी, धनुषा, सिरहा र सुनसरी जस्ता जिल्लाहरूमा मुस्लिमहरू दोस्रो धार्मिक बहुल छन् भने रूपन्देही र सर्लाही जस्ता जिल्लाहरूमा तिनीहरू उल्लेखनीय रूपमा तेस्रो धार्मिक समूह हुन् ।

‘मुस्लिम अफ नेपाल’ नामक पुस्तकमा लेखक प्रकाश उपाध्याय लेख्छन्- ‘इस्लामी संसारका कट्टरपन्थी र इस्लामवादीहरूसँग सम्बन्ध राख्ने इस्लामी संगठनहरूको बढ्दो वृद्धि नेपालका जनताको चिन्ताको विषयमात्र बनेको छैन, बल्की यो दक्षिण एसिया र सम्पूर्ण विश्वको लागि सुरक्षा जोखिम पनि हो ।’

वास्तवमा नेपालमा बढ्दो मदरसा र मस्जिदमा बढ्दो गैरसरकारी संस्था र विभिन्न संगठनहरूको सक्रियताप्रति राज्य संयन्त्र कतिको गम्भीर छ भन्ने प्रश्न सामान्य भइसकेको छ । नेपालमा सुफी सम्प्रदायलाई मान्ने मुस्लमानहरूको बाक्लो उपस्थिति रहँदै आएको छ । यो सम्प्रदाय कुनै किसिमको अतिवादमा विश्वास गर्दैन भन्ने ऐतिहासिक मान्यता छ । राष्ट्रिय सुरक्षाको विषयमा चासो राख्नेहरूका अनुसार मधेशमा बढ्दो मस्जिद-मदरसाहरू र पाकिस्तान अनि अन्य मुस्लिम देशहरूबाट आउने तबलिगी (मिशनरी) जमात (झुण्ड) ले नेपाली मुस्लिमहरूमा कट्टरपन्थीपनाको विकास गर्न बहावीवाद वा अहल-ए-हदिसको मान्यतालाई बढाबा दिइरहेको विश्लेषण गर्छन् ।

नेपालमा लस्कर-ए-तोइबा र इन्डियन मुजाहिद्दिन को सक्रियता बढेको सूचनाबारे अमेरिकी सिनेटमा चर्चा भएको थियो । भारतको मुम्बईमा सन् १९९३ को आतंकी हमलामा संलग्न व्यक्ति २०७० सालमा काठमाडौंमा पक्राउ परेका थिए ।

नेपाल सरकारका सुरक्षा निकायहरूसँग एउटा प्रश्न छ– मदरसा र मस्जिदमा आउने तबलिगी जमातको वास्तविक उद्देश्य, तिनले गोप्य रूपमा गर्ने वार्तालाप वा प्रशिक्षणको कन्टेन्टबारे तपाईंहरू पूर्णतः जानकार हुनुहुन्छ ? नेपालमा क्रियाशील दर्जनौं इस्लामिक गैरसरकारी संस्था र संगठनहरूको क्रियाकलापको रणनीतिक महत्वबारे राज्य कतिको सचेत छ ?

सुरक्षा र आतंकवादमा रुचि राख्नेले सजिलै विश्लेषण गर्नसक्छ कि सन् १९९९ मा काठमाडौंबाट इन्डियन एयरको आईसी ८१४ विमान अपहरण गर्ने योजना विश्वको जुन मुलुकमा भए तापनि त्यसको ठूलो तयारी नेपालमा लामो समयसम्म चलेको हुनुपर्छ । आतंकवादीले रातारात मिसनमा सफलता पाउने प्रश्न पनि आउँदैन । यसले नेपालमा आतंकवादको कति ठूलो पूर्वाधार छ भन्ने डरलाग्दो दृश्य निर्माण हुन्छ । अध्ययनले देखाउँछ– नेपालमा ६० को दशकपश्चात पाकिस्तानमा जरा गाडिएको आतंकवादी संगठनका अग्ला सदस्यहरू नेपाल आएका छन् । नेपालमा लस्कर-ए-तोइबा र इन्डियन मुजाहिद्दिन को सक्रियता बढेको सूचनाबारे अमेरिकी सिनेटमा चर्चा भएको थियो । भारतको मुम्बईमा सन् १९९३ को आतंकी हमलामा संलग्न व्यक्ति २०७० सालमा काठमाडौंमा पक्राउ परेका थिए ।

नेपाली नागरिकसमेत मारिएको पहलगाम घटनापश्चात् उत्पन्न भारत-पाकिस्तान घम्साघम्सीबीच नेपालले स्पस्ट पोजिसन लिनु नेपालको नैतिक कर्तव्य हो । माओवादीका नेताहरूको लागि आममानिसको ज्यानको महत्व नभएर होला, आतंकवादविरुद्धको लडाइँमा आफ्नो ‘हालल ज्ञान’ बाँडिरहेका छन् । पूर्वनिर्धारित भए पनि भारत-पाकिस्तान आमनेसामने भइरहेको बेला पाकिस्तानी आर्मी नेपाल आउनैपर्ने बाध्यता प्रकट गर्ने परराष्ट्रको कुन राष्ट्रिय नीतिमा पर्दो हो, त्यो वर्तमान गठबन्धनले लेखाजोखा गर्ने विषय होला, तर नेपालमा विद्यमान ‘सुफी सम्प्रदाय’ कुनै प्रभावमा पाकिस्तानको ‘जिया उल हक डक्ट्रन’को छायाँमा नपरून् । आतंकवादबाट महफुज नरहेको नेपाल इस्लामिक आतंकवादकोे लागि जन्नत साबित नभइदियोस् ।

Comments

One response to “इस्लामिक आतंकवादबाट नेपाल कति छ ‘महफुज’ ?”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    पाकिस्तान र इस्लामिक हंडी खानेहरू पनि नेपालको निम्ती घातक नै छन्। कोभिडको बेलामा धेरै पाकिस्तानीहरू नेपालको तराइ क्षेत्रमा धर्म प्रचार गर्न आएकाहरू देश जान नपाएको खबर आएको थियो। अरबी साम्राज्यबाद हो इस्लाम, धर्मको आबरण मात्रै हो। यसलाइ पनि निषेध गरिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *