यी ६ विधेयक छिटो पारितका लागि प्रधानमन्त्रीले गरे आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विचाराधिन विधेयकहरु यथाशीघ्र पारित गर्न आग्रह गरेका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसदमा विचाराधीन रहेका ६ वटा विधेयक यथाशीघ्र पारित गर्न आग्रह गरेका हुन् ।

नीतिहरु कार्यान्वयनका लागि ६ वटा ऐनहरु अत्यावश्यक भएकाले सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न  अनुराेध  गरे ।

वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक,नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यथाशिग्र पारित गर्न प्रधानमन्त्री ओलीले संसदसमक्ष आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *