काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नीति तथा कार्यक्रममा आफ्नो पार्टीका तर्फबाट दर्ता भएका संशोधनको सुनुवाइ गर्न माग गरेका छन् ।
आज सदनमा आफ्नो पार्टीको तर्फबाट धारणा राख्दै सरकारले ल्याएको नीति तथा कार्यक्रममा सुधार गरेर जानुपर्ने विषयहरूका विषयमा आफ्नो दलको तर्फबाट दर्ता भएका संशोधनलाई सुनुवाइ गरेर अघि बढ्न आग्रह गरेका हुन् ।
‘नीति तथा कार्यक्रममा केही विषय थपिनुपर्ने आएका छन्, धेरै विषय छुटेका छन्, त्यसलाई सम्बोधन होस्, त्यसको सुनुवाइ होस्’ उनले भने ।
सदनमा उनले विगतमा जस्तो विकासलाई अमूर्त तरिकाले व्याख्या गर्न नहुने बताउँदै अब अलिक फराकिलो धारणा बनाएर जानुपर्ने बताएका हुन् । १९ गते प्रस्तुत भएको नीति तथा कार्यक्रम आज छलफलपछि प्रधानमन्त्री केपी शर्माको जवाफसहित पारित गर्ने तयारी गरिएको छ ।

Leave a Reply