कोरियामा भाषा अध्ययन र स्‍नातकका लागि जाने विद्यार्थीलाई सरकारले एनओसी नदिने

काठमाडौं । सरकारले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सट सर्टिफिकेट (एनओसी) नदिने भएको छ । कन्सल्टेन्सीहरूको प्रलोभनमा परेर कोरिया पुगेकाहरुको समस्या विकराल भएको भन्दै सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी बन्द गरिएको हो ।

सरकारले एनओसी बन्द गर्दा भाषा अध्ययन गरेर पैसासमेत बुझाइसकेको विद्यार्थीहरू बिचल्लीमा पर्ने भन्दै यो वर्षको एनओसी भने नरोक्न शिक्षामन्त्री रघुजी पन्तमाथि दबाब बढेको छ ।

जुन-जुलाई इन्टेकको लागि सबै रकम बुझाइसकेका गरिब तथा मध्यमवर्गका विद्यार्थीले एनओसी नपाए उनीहरूको लगानी र समय समे बर्बाद हुने भएकाले अर्को इन्टेकबाट मात्रै रोक्न शिक्षा मन्त्रालय सकारात्मक बनेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवराम सापकोटाले सिओलस्थित दूतावासको सिफारिस र परराष्ट्र मन्त्रालयको पत्र आइपुगेको र सोबमोजिम कोरियाको एनओसी ‘अस्थायी सस्पेन्ड’ गरिएको नेपाल प्रेसलाई बताए । तर, यो इन्टेकका विद्यार्थीको समस्याबारे शिक्षामन्त्रीलाई अवगत गराइएको र मन्त्रालयबाट निर्णय हुन बाँकी रहेको सापकोटाले जानकारी दिए ।

वैशाख १७ गते सिओलस्थित नेपाली दूतावासका द्वितीय सचिव जेनिम अधिकारीले परराष्ट्र मन्त्रालयलाई ३ पृष्ठ लामो पत्र लेखेर कोरियामा भाषा अध्ययन र अन्डर ग्राजुयटमा जाने विद्यार्थीको समस्या विकराल भएको र उनीहरू ठगिएको भन्दै एनओसी बन्द गराउन सिफारिस गरेका थिए ।

हेर्नुस् परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई लेखेको पत्र-

कोरियामा अन्डर ग्राजुयट अध्ययनका लागि विद्यार्थीहरू डी टु र डी फोर भिषामा जाने गर्छन् । डी टु भिसामा जानेहरू कोरिया पुगेपछि सीधै आफूले पढ्न चाहेको कलेज र कोर्षमा नामांकन गराउँछन् ।

विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जानेबित्तिकै अवैधानिकरूपमा भनए पनि काम गर्न पाइन्छ भनेर आश्वासन दिने गरेको र उता गएपछि सोचेजस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा परेको दूतावासले उल्लेख गरेको छ ।

दूतावासका अनुसार डी फोर भिसामा जाने विद्यार्थीहरूले कोरिया प्रवेश गरेपछि ६ महिनादेखि एक वर्षसम्म भाषा अध्ययन गर्नुपर्छ । त्यसपछि डी फोरबाट डी टु भिषामा जान अर्को विश्वविद्यालयमा आवेदन दिनुपर्छ । त्यो बेला विद्यार्थीहरुले ब्ल्याक लिस्टका विश्वविद्यालयमा पनि अप्लाई गर्ने, क्रेडिट आवर कम भएकाहरूमा छानी छानी अप्लाई गर्ने समस्या देखिएको दूतावासको भनाइ छ ।

हेर्नुस् दूतावासको पत्र

दूतावासले लेखेको पत्रमा भनिएको छ- नेपालबाट डी फोर भिसामा कोरिया प्रवेश गर्दा भाषा अध्ययन सकेपछि कुन विश्वविद्यालयमा इनरोल हुने भन्ने कुरा नेपालबाट कन्सल्टेन्सीहरूले सुनिश्चित नगरिकन, आउनेबित्तिकै काम गर्न पाउने र पैसा यथेष्ट कमाउने झूटो आश्वासन दिएर पठाउने गरेका छन् । कन्सल्टेन्सीहरूले कलिला विद्यार्थीहरूको ब्रेनवास गरेर अवैधानिक तरिकाले भएपनि कोरियामा काम गर्न पाइन्छ भनेर कोरियाली सपनाको व्यापार गरेका छन् । डी फोर भिसाको नाममा अत्यधिक रकम असुली गर्ने, एउटै कामका लागि तीन-चार पटकसम्म पैसा उठाउने, कोरियामा भएका एजेन्टमार्फत कोठा खोजिदिने लगायत विभिन्न बहानामा फेरि पनि पैसा लिई लुट धन्दा नै चलाउने गरेका भनी समस्यामा परेका विद्यार्थीहरूबाट दैनिकरूपमा गुनासो आउने गरेको छ ।

दूतावासले कन्सल्टेन्सीहरूले भनेजस्तो अवस्था नहुँदा र आर्थिक अभावले गर्दा १८/१९ वर्षका विद्यार्थीहरू ‘लिभिङ टुगेदर’ मा बस्ने र केही समयपछि शारीरिकरूपमा शोषणमा परेको भनी गुनोस गर्न आउने गरेको जनाएको छ ।

दूतावासको पत्रमा भनिएको छ- जोसँग लिभिङ टुगेदरमा बसेको हो सो व्यक्तिलाई ब्ल्याकमेलिङ गरेर पैसा माग्ने,नदिएमा पुलिस केस गर्ने धम्की दिनेजस्ता कार्यले गर्दा सम्बन्धित विद्यार्थीलाई मात्र होइन एफ नाइन, ई सेभेन लगायत विभिन्न भिसामा रहेका व्यक्तिहरूमा समेत डिप्रेसनलगायतका मानिसक तथा मनोवैज्ञानिक असर परेको छ ।

कोरियामा छात्रवृत्तिका स्नातकोत्तर तथा पीएचडी अध्ययन गर्नका लागि अलि सहज तथा समस्यामुक्त देखिने र उनीहरूले काम पनि पाउने भएकाले डी टु र डी फोर भिसाका नाममा अन्डर ग्राजुयट अध्ययनका लागि विद्यार्थी नपठाउन र एनओसी नदिन दूतावासले सिफारिस गरेको छ ।

सोही बमोजिम परराष्ट्र मन्त्रालयले वैशाख २१ गते शिक्षा मन्त्रालयलाई पत्र पठाए पनि शिक्षाले निर्णय गरिसकेको छैन । तर, एनओसी जारी गर्ने कार्यलाई अस्थायी बन्द भने गरिएको प्रवक्ता सापकोटाले बताए ।

Comments

2 responses to “कोरियामा भाषा अध्ययन र स्‍नातकका लागि जाने विद्यार्थीलाई सरकारले एनओसी नदिने”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Ho yei ho. Garibi vaneko. Des garib. Govt garib. Staff garib. Socha garib. Naturally result garib.

    K problem US UK JPN gaka nepali ma xaina? Living toghter ko problem nepal ma xaina? A baba problem vayo vandai ma NOC nai dinna vanna govt. Le pauxa? Thukka sala sarkar. Parakasta…

  2. Dikshya Avatar

    Hami jasto middle class family ley garni vaneko yesto country ho tyo vanda mathi hamley sakdainau yesari noc banda garnu vayo vaney ta hamro future tah bigrinxa kati aash ley baseko hunxa mehenat sabai kura kharcha vako hunxa uk canada usa australia jani ko ne banda garnu paryo teso vaye teha ne living together basxan tah tara noc nai banda garni vanni kura chai thik vayenw

Leave a Reply

Your email address will not be published. Required fields are marked *