प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? भन्दै शंकर पोखरेलले १२ बुँदामा पेश गरे ओली सरकारका उपलब्धि

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा सत्ता नहुँदाको पीडा र छटपटी बढेको भन्दै सरकारका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

प्रचण्डले ‘सरकार डरले रुझेको बिरालो जस्तै बनेको’ भन्दै दिएको अभिव्यक्तिको जवाफ दिँदै उनले सरकारका १२ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।

‘प्रचण्डजी, के बोल्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गर्दै उनले आर्थिक, पूर्वाधार, कानूनी सुधारदेखि सरकारको स्थायित्वसम्मका विषय उठाउँदै, ओली सरकारको कार्यकालमा ‘उल्लेख्य प्रगति’ भएको दाबी गरेका छन्।

पोखरेलको नजरमा ओली सरकारका उपलब्धि

राजश्वमा उल्लेख्य वृद्धि भएको छ ।

विदेशी मुद्राको सञ्चिति बढेको छ ।

सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।

निर्माण व्यावसायीलाई काम बापतको भुक्तानी प्रदान गरिएको छ ।

निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको छ । जस्तो पोखरा-मुग्लिङ सडक, गैँडाकोट-बुटवल सडक आदी ।

भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ ।

बैङ्कको तरलता वृद्धि भएको छ । ब्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।

कानून निर्माणको कामले तीव्रता पाएको छ ।

कानूनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको छ ।

क़ानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।

भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको छ ।

सरकारको स्थायित्वको आधार तयार भएको छ ।

Comments

One response to “प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? भन्दै शंकर पोखरेलले १२ बुँदामा पेश गरे ओली सरकारका उपलब्धि”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    प्रचण्ड कमरेडले एकदिन अगाडिको अवस्था समेत हेक्का राख्न सक्ने अवस्थामा हुनुहुन्न जस्तो देखिन्छ । त्यसैले फजुल वकवास गर्दैछु भन्ने पनि थाहा हुँदैन वहाँलाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *