तस्बिरमा हेरौँ धराने आइकोनिक धाम बुढासुब्बा

धरान । सेउती खोलाको किनारको डिलमा अवस्थित धराने धाम बुढासुब्बा धरानको एक आइकोनिक धार्मिक तथा पर्यटन स्थल हो ।

केही समयअघि किताब बेच्ने अभियानमा धरान आएका आविष्कार केन्द्रका महावीर पुन पनि बुढासुब्बा पुगेका थिए र आफ्नो पुस्तक बिक्री अभियानमा सक्रिय देखिएका थिए।

धरान–१४, विजयपुर क्षेत्रमा रहेको बुढासुब्बा मन्दिर ‘टुप्पो नभएको बाँस’ का कारणले समेत व्यापक प्रख्यात छ। बुढासुब्बाबारे थुप्रै गीतहरू लोकप्रिय छन् । तीमध्ये सबैभन्दा चर्चित गीत धराने पप गायक सविन राईको हो- ‘आजै गई बुढासुब्बा, लेखौँ नाम बाँसैमा…।’

स्थानीय विश्वासअनुसार बाँसमा नाम लेख्दा प्रेम सफल हुने मान्यता रहेको छ। तर, अहिलेको समयमा पर्यावरणीय संरक्षणका कारण बाँसमा नाम लेख्न निषेध गरिएको छ। त्यसको सट्टामा जोडीहरूले रङ्गीचङ्गी धागो बाँध्ने नयाँ प्रचलन सुरु भएको छ।

हरेक शनिवार यहाँ पूजाआजा गर्न आउने भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ । तर अन्य दिनहरूमा त्यस्तो भिडभाड हुँदैन। यस धार्मिकस्थलले केवल स्थानीय पर्यटन प्रवर्द्धनमा मात्र योगदान पुर्‍याइरहेको छैन । यसले त प्रेम र आस्थाको प्रतीकको रूपमा पनि आफूलाई स्थापित गरिसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *