वाइसीएल स्याङ्जाको अध्यक्षमा अर्जुन तिवारी

पोखरा । वाइसीएल नेपाल स्याङ्जा जिल्लाको अध्यक्षमा अर्जुन तिवारी चयन भएका छन् ।

वाइसीएल नेपाल स्याङ्जाको शनिवार भएको चौथो जिल्ला सम्मेलनबाट अर्जुनको नेतृत्वमा ४५ सदस्यीय नयाँ जिल्ला समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा दीपेश कुमाल र प्रकाश रिजाल, सचिवमा सागर भट्टराई र कोषाध्यक्षमा आविष्कार क्षेत्री चयन भए ।

प्रेमबहादुर राना, टोप बहादुर गुरुङ, सुवास सुनार र राजेश श्रेष्ठ सहसचिव बनेका हुन् । कार्यक्रममा ३५ जना विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे, विशिष्ट अतिथि वाइसीएल नेपालका केन्द्रीय महासचिव गणेश शाही, सचिव एवं गण्डकी प्रदेश इन्चार्ज नरेश केसी, सचिवद्वय हरि ढकाल, अनु कुवर र पूर्वमन्त्री दीपक थापासहितका नेता उपस्थित थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *