सरकार डरले रुझेको बिरालो भएको छ : प्रचण्ड 

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस र एमालेको वैशाखी टेकेर सरकारमा नजाने बताएका छन् । पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने खेलमा समेत नलाग्ने बताए । उनले भने हामी बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा जाँदैनौ ।

हामी आफ्नै बल बुतामा उत्पीडितहरूको साथ लिएर ६४ मा जस्तै सरकारको नेतृत्व लिन्छौ । उनले सरकारबाट माओवादी हटेपछि जनताले माओवादीलाई साथ दिएको दाबी गरे । उनले माओवादीको लहर आएको स्ववियू निर्वाचनबाटै देखिएको र ८४ सम्म पुग्दा माओवादी पहिलो पाटी हुने दाबी गरे । उनले वर्तमान सरकार बिचौलियाहरुले बनाई दिएको आरोप लगाए ।अध्यक्ष प्रचण्डले भने यो सरकार ढल्यो भने आफ्नै कु कर्मका कारण ढल्छ अरू कसैले ढाल्न पर्दैन ।

उनले यो सरकारले नराम्रो भन्दा अरू कुनै काम नगरेको दाबी गरे । उनले सभालाई सम्बोधन गर्दै भने ,यो सरकारले नराम्रो जति सबै काम गर्‍यो राम्रो भन्ने एउटा पनि गरेन ।अध्यक्ष प्रचण्डले यो सरकार को रुझेको बिरालोको हालत भएको बताए । उनले भने, सरकार २ तिहाइ को छ तर मनमा डर बोकेर बसेको छ । यो सरकार डरले रुझेको बिरालो भएको छ ।

Comments

3 responses to “सरकार डरले रुझेको बिरालो भएको छ : प्रचण्ड ”

  1. shojhoketo Avatar

    कांग्रेस र एमालेको बैशाखी टेकेर सरकारमा नजाने प्रचण्डको भनाइ देखियो ,सुनियो । यदि यो भनाइमा माओवादी अडिग रहने हो भने अब माओवादी कहिल्यै सरकारमा नजाने देखिन्छ – जुन माओवादी र सम्पुर्ण देसकै लागि पनि राम्रो होइन ।

  2. ksp pyl Avatar
    ksp pyl

    सत्तामा जान नपाएर रोएको हेर । यसले १७००० मारेको विशुद्व सत्तामा गएर लुटौंला भन्ने सिवाय केही रहेनछ ।धिक्कार छ यस्तालाई ।

  3. समिर Avatar
    समिर

    सरकार Toilet मा चिप्लेर दल्दैन ढुक्क हुनुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *