काठमाडौं । कुनै समयकी चर्चित नायिका विपना थापाविरूद्ध उनका श्रीमानले घृणित शब्दसहित सामाजिक सञ्जालमा पाेस्ट गरेका छन् । आफूहरूकाे सम्बन्ध अन्त्य भएकाे उनकाे एकतर्फी दावी छ ।
विपनाका भारतीय श्रीमान डा. आशुतोस भारद्वाजले अस्ति श्रीमतीविरूद्ध स्टाटस लेखेका थिए जुन पछि हटाए ।
उनले लेखेका थिए : नेपालकी … (अपशब्द)विपना थापासे मेरा काेही सम्बन्ध नहीँ है ।
आज फेरि अर्काे स्टाटस लेख्दै उनले विपनाले आफूलाई ज्यान मार्ने धम्की दिएकाे आराेप लगाएका छन् ।
निकटस्थका अनुसार केही समयदेखि याेजाेडीकाेफसम्बन्ध तनावपूर्ण छ । यद्यपि डिभाेर्स भइसकेकाे छैन आशुताेषले भने आफ्नाे प्राेफाइलमा `सेपेरेटेड´ लेखेका छन् । विपना भने सम्बन्ध जाेगाउन लागेकी छिन् ।
विपना काठमाडाैमा रहेकाे बेला श्रीमानले यस्ताे पाेस्ट हालेका हुन् । श्रीमानले ब्याक टु ब्याक आफू विरुद्ध पोस्ट हालेपछी अहिले उनी समाधान खाेज्न दिल्लीस्थित घर उडेकी छिन् । घर जाने क्रममा फ्लाइट चढ्नुअघि उनी आफ्नो फेसबुकबाट लाइभ आएर यस विषयमा स्पस्टिकरण दिइन् ।
श्रीमानलाई डिप्रेसन भएको कारण यस्तो भएको विपनाको भनाई छ।
उनले भनेकी छिन्, ‘अहिले म दिल्लीको घर जाँदैछु। मेरो श्रीमानले फेसबुकमा अनावसनाव पोस्ट राखेको देखेर तपाईंहरुलाई अचम्म लागेको होला। त्यस्तो केही पनि हैन।’
‘उहाँले लामो समयदेखि दबाई खाइरहनु भएको थियो। उहाँलाई अलिकति डिप्रेसनकाे समस्या छ। त्यसमाथी, रक्सी खाने बानीले गर्दा अलिकति यस्तो भइरहेको छ,’ उनले थपेकी छिन् ,’म यही कुराको समाधानको लागि अहिले घर जाँदैछु। अनावसनाव पोस्ट हालेकोमा अन्यथा नलिनु होला।’
आफुलाई जे पायो त्यही भनेकोमा नरिसाउन पनि विपनाले सबैलाई आग्रह गरेकी छिन्।
‘यही कुरा समाधान गर्न म जाँदैछु। अब के कस्तो हुन्छ हेरौं । वास्तवमा उहाँ भित्रदेखि नराम्रो मान्छे हैन। तर अहिले दबाईहरुले गर्दा खै के भइरहेको छ। अन्यथा नसोच्नुहोला,’उनले भनेकी छिन् ।
उनले फ्लाइट चड्नुअघि सबैलाई जस्तोसुकै परिस्थितिमा पनि आफुलाई साथ र माया दिन भनेकी छिन् ।
विपना केही समयदेखि नेपालमा थिइन् । चलचित्रमा ‘जन्मभूमि’ बाट नेपाली चलचित्रमा डेव्यु गरेकी विपनाले सन् २००८ मा भारतका आशुतोष भारद्वाजसँग विवाह गरेकी थिइन् । यी दुईको एक छोरा पनि छन् ।

Leave a Reply