काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले वन जंगल जोगाउँदै वन पैदवारबाट फाइदा लिनुपर्ने अवस्थामा ढिला भइसकेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अग्राखका काठ निर्यात र स्वदेशभित्र खपत गर्ने योजना ल्याइने बताए ।
प्रधानमन्त्रीले नेपाललाई ४६ प्रतिशत जंगल भए पुग्ने भन्दै इकोसिस्टम जोगाएर काठबाट फाइदा लिनुपर्ने बताए ।
ओलीले राष्ट्रिय निकुञ्ज र आरक्षहरुमा रहेका सबै प्रकारका रुख विरुवालाई नचलाउने तर अन्य जंगलबाट भने फाइदा लिनुपर्ने बताए । उनले अब वन क्षेत्र थप्न भने नसकिने बताए ।
विकास र वातावरणमा सन्तुलन राखेर वन क्षेत्रमै सालघारी फाँड्ने काम रोक्नुपर्ने बताए । पञ्चायतकालमा सालघारी फाँडेर सुर्यबहादुर थापाले व्यवस्था जोगाएको भन्दै वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारी फाँडन नमिल्ने बताए । तर उमेर पुगेका र ढलेका सालबाट फाइदा लिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

Leave a Reply