पाकिस्तानले लाहोरबाट नागरिक उडान भर्ने विमानलाई ढाल बनाएको भारतको आरोप

काठमाडौं । भारतले पाकिस्तानमाथि नागरिक उडान भर्ने विमानलाई ढाल बनाएर अन्तर्राष्ट्रिय हवाइ मार्गको दुरुपयोग गरेको आरोप लगाएको छ ।शुक्रवार मध्यरातिदेखि शनिवार विहानसम्म भएको युद्धको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाले यस्तो दावी गरेको हो ।

पत्रकार सम्मेलनमा भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पाकिस्तानले नागरिक उडान भर्ने विमानको आड लिएका कारण भारतले कम क्षति हुनेगरी सावधान हुन बाध्य भएको बताइन् ।

उनले भनिन्–सबैभन्दा चिन्ताको कुरा के छ भने,पाकिस्तानले लाहोरबाट उडान भर्ने नागरिक विमानको आड लिएर अन्तर्राष्ट्रिय हवाइ मार्गको दुरुपयोग गरेका कारण हाम्रो वायु प्रतिरक्षा यन्त्रको प्रयोग साबधानीका साथ गर्नुपर्ने अवस्था आयो,किनकी नागरिक विमानको क्षति नहोस् भन्नेमा बाध्य बनायो । उसले आफ्नो गतिविधि लुकाउन यस्तो गरेका कारण नागरिक सुरक्षा सुनिश्चितता गर्न हामीलाई आफ्नो कारवाही साबधानीका साथ अघि बढाउन बाध्य बनायो ।

पाकिस्तानी सेनाले शुक्रवार राति साढे १ बजेदेखि श्रीनगरका विभिन्न सहरमा गोलाबारी गर्दै २६ ठाउँबाट हवाइ घुसपैठ गर्न खोजेको भारतको दावी छ । पाकिस्तानी सेनाबाट हुनसक्ने सबै खतरालाई निष्क्रिय बनाइएको पत्रकार सम्मेलनमा कुरेशीले बताइन् ।

पाकिस्तानी सेनाले मेडिकल टिम,विद्यालय र मन्दिरहरुलाई निशाना बनाएर भौतिक क्षति पुर्याएको भारतीय सेनाको दावी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *