माओवादी पार्टी र मूल नेतृत्वविरुद्ध अनेकखाले भ्रम छर्ने षड्यन्त्र भएका छन्–प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीले आफ्नो वर्गतिर फर्किएर समाजवादी क्रान्तिको संकल्प गरेपछि यसको नेतृत्वविरुद्ध भ्रम छर्ने तत्वहरु सल्बलाएको बताएका छन् ।

२५ औं निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु क्रान्तिकारी आदर्श र निष्ठातिर फर्किन खोज्दा मूल नेतृत्वकाविरुद्ध अनेकखाले भ्रम फैलाउन खोजिएको बताए ।

अध्यक्ष प्रचण्डले भने–हामीलाई क्रान्तिकारी आदर्श र निष्ठातिर अगाडि लैजाने चुनौति हाम्रो अगाडि छन् । ती चुनौतिवरुद्ध लड्ने संकल्पसहित फेरि हाम्रो वर्ग समुदायलाई केन्द्रित गरेर समाजवादतर्फको क्रान्तिकारी तयारी गर्न खोज्दा प्रतिक्रियावादीहरु,संशोधनवादी र अवसरवादीहरुले घेराबन्दी गर्ने र अनेकखाले भ्रमहरु छर्ने किसिमका षडयन्त्र भएका छन् ।

अध्यक्ष प्रचण्ड पछिल्लो पटक टेरेस रिसोर्टमा लडेको सन्दर्भमा विभिन्न समाचार आइरहेका बेला उनले यसलाई मुख्य नेतृत्वविरुद्ध भ्रम छर्ने प्रयास भनेका हुन् । प्रचण्डले सबैखाले घेरा तोडेर माओवादीले नयाँ क्रान्तिको तयारी गर्ने बताए ।

Comments

2 responses to “माओवादी पार्टी र मूल नेतृत्वविरुद्ध अनेकखाले भ्रम छर्ने षड्यन्त्र भएका छन्–प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    दुनियालाई जनवादी बिहे भनेर नाटक गर्ने अनि बिहे भोज भनेर लाकुरी भञ्ज्याङको महंगो टेरेसमा महंगो जाँड खाएर लडेको अरूले षडयन्त्र गरेको ? सुरूङ् युद्व गर्ने भारतसँग भनेर नोयडामा कपालमा जेल हालेर उसैले दिएको सुरक्षा घेरामा उसैको दानापानी खाएर सोझासाझा जनता लडाएर मार्ने अनि भन्ने, अरूले षडयन्त्र गरेको ? सत्ता हैन जनतासँग भनेर तराई छिरेको तर काँग्रेसका एक दुई नेताले एमालेको अलिअलि विरधो गर्न थाले भने, अब सरकार ढल्छ र खान पाईन्छ भनेर हत्त न पत्त काठमाडौं ओर्लेको अरूको षडयन्त्र ? सर्वहारा, केही नभएको भन्ने तर ठग व्यापारीको घरमा सित्तैमा बस्ने अनि अरूले षडयन्त्र गरे भन्ने ? वाहियात कुरा नगर न हो सुन तस्करहरू । सुन, रक्तचन्दन, विदेशी मुद्रा तस्करीका नाईके नै माओवादी पार्टी हो । दिल्लीको लागि एक नम्बरको दलाल पार्टी नै माओवादी हो । तराईवाला पार्टी त अहिले दुईमा झरिसके ।

  2. megharaj paudyal Avatar
    megharaj paudyal

    खानेवेलामा जेठका जुका जस्तो बनेर सित्तै पाए अलकत्रा खान जान्छौ !!भन्नेवेलामा सर्वहारा घिच्नेबेलामा आँखा देखेनौ अहिले फेरि सड्यन्त्र नै भन्छौ राजनेता ले झरमा खाने कि होटलको ट्वाइलेटमा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *