धरान । भौगोलिक रूपमा भेडेटार जस्तो देखिए पनि प्रशासनिक रूपमा यो धरान पर्छ। धरान–४ को छोटी मोरङको भीरालो पाखो अहिले धरानको नियमित व्यावसायिक प्याराग्लाइडिङ उडान स्टेसन बनेको छ।
१२८० मिटरको उचाइबाट उडान भइ धरान–१४ को बमधारामा ३९० मिटरको उचाइमा अवतरण हुन्छ। झन्डै आधा घण्टाको उडान हुने यो सेवा ‘धरान स्काई एड्भेन्चर’ नामक कम्पनीले सञ्चालन गर्छ।
२०७२ सालदेखि व्यावसायिक उडान सुरु गरेको यो कम्पनी कोशी प्रदेशको पहिलो व्यावसायिक प्याराग्लाइडिङ कम्पनी हो।
धरान–१ का पूर्व वडा अध्यक्ष रोशन अधिकारीले सञ्चालन गरेको यो कम्पनीमा हाल तीन जना पाइलट छन्—मिलन तामाङ, शालिग्राम खड्का र राजेश लिम्बु। ती सबै धरानकै स्थानीय हुन्।
स्थानीय पाइलट जनशक्ति तयार हुनु अघि यहाँ पोखरा, भारत र टर्कीसम्मका पाइलटहरूले उडान गरिरहेका थिए। २०७४ देखि इजाजतप्राप्त सोलो पाइलट रहेका सञ्चालक अधिकारीले स्थानीय पाइलट भएर उडान सहज भएको नेपाल प्रेसलाई जानकारी दिए।


Leave a Reply