कांग्रेस कार्यकर्तालाई प्रदीप पौडेलको निर्देशन- खुट्टा ढोगेर पनि क्रियाशील सदस्य नवीकरण गराउनू (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले खुट्टा ढोगेर पनि क्रियाशील सदस्य नवीकरण गराउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

स्वास्थ्यमन्त्री समेत रहेका पौडेलले घरघरमा पुगेर खुट्टा ढोगेर भएपनि क्रियाशील सदस्यता नवीकरण गराउन निर्देशन दिएका हुन्।

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण अहिले जारी छ। पार्टीले वैशाखभित्र सबै जिल्लामा सदस्यता नवीकरण सक्न मातहत कमिटीलाई निर्देशन दिइसकेको छ।

पार्टीको क्रियाशील सदस्यता नवीकरणबारे एक कार्यक्रममा बोल्दै भनेका छन्, ‘क्रियाशील सदस्यता नवीकरणको विषय घरघरमै गएर खुट्टै ढोगेर भएपनि गर्न लगाउनुस्। किनकी हिजोको जस्तो चाहिए लिने नचाहिए पर्दैन भन्ने स्थिति छैन। कमीकमजोरी के भयो केलाएर अब दोहोर्‍याउँनौं भनेर जोडिएका मान्छेहरुलाई अब फर्किन नदिनुस्।’

मन्त्री पौडेलको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल छ।

Comments

2 responses to “कांग्रेस कार्यकर्तालाई प्रदीप पौडेलको निर्देशन- खुट्टा ढोगेर पनि क्रियाशील सदस्य नवीकरण गराउनू (भिडिओ)”

  1. RK Avatar
    RK

    पै सै हाल्दिएर नवीकरण गर्ने भए त हाम्रो पनि गर्दिनु नि वरू ! खुट्टा किन ढोगि वस्नु !

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    संबैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको मूद्दा छोडेपछी तिम्रा छाडा दललाइ नेपाली जनताले
    बिश्वास गर्नेछैन। खुट्टा ढोग या चाट!! छु मतलब।

Leave a Reply

Your email address will not be published. Required fields are marked *