पाकिस्तानमा कति छन् नेपाली विद्यार्थी ?

काठमाडौं । विशेषतः चिकित्सासहित स्वास्थ्य विज्ञानका विविध विषयको अध्ययनका लागि नेपाली विद्यार्थी पाकिस्तान जाने गरेका छन् । तर, त्यहाँ कति नेपाली विद्यार्थी छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन ।

वैदेशिक अध्ययनका लागि विभिन्न देश जानुअघि नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिने कुरा अनिवार्य गरेको छ ।

तर, भारत, पाकिस्तानलगायतका कतिपय देशमा विद्यार्थीहरु अनौपचारिक तवरले अध्ययन गर्न जाँदा एनओसी लिने गर्दैनन् । त्यसैले सरकारसँग यकिन तथ्यांक नभएको मन्त्रालयका पदाधिकारीहरु बताउँछन् ।

नेपाल प्रेसले बुधबार नै पाकिस्तानमा एनओसी लिएर गएका विद्यार्थीको संख्याबारे उक्त शाखालाई सोधेको थियो । तर, त्यसदिन शाखाको कम्प्युटरमा सर्भर डाउन हुँदा तथ्यांक प्राप्त भएन ।

भारत–पाकिस्तान तनाव बढेपछि परराष्ट्र मन्त्तालयले एडभाइजरी जारी गर्दै पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरुलाई सम्पर्क गर्ने काम गरिरहेको बताए पनि शिक्षा मन्त्रालयसँग भने यकिन तथ्यांक छैन ।

शाखामा कार्यरत खड्ग हमालले बिहीबार फेरि पाकिस्तानका लागि जारी गरिएका एनओसीको संख्या उतार्न खोजे । १२७ को संख्या निस्कियो । तर, सर्भर अझै राम्रोसँग चलेको छैन । उनले भने, ‘आइतबार अझै रिकन्फर्म गर्नुपर्छ ।’

याे पनि पढ्नुस्:

पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि परराष्ट्र मन्त्रालयको यस्तो छ एड्भाइजरी

शिक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न २४ शिक्षण संस्थाका लागि नेपाली विद्यार्थीलाई एनओसी जारी गरेको उक्त शाखाको वेभसाइटमा देखिन्छ । तर, दूतावासले छात्रावृत्ति दिएका, आफन्त र साथीभाइको सम्पर्कका आधारमा गएर पढेका विद्यार्थीको तथ्यांक सरकारसँग हुँदैन ।

एनओसी जारी गरिएका विद्यार्थीको हकमा उनीहरुले अध्ययन गर्ने शिक्षण संस्थाको ठेगाना, व्यक्तिगत तथा संस्थागत इमेललगायतका विवरण हुने कारण पहिचान गर्न सहज हुन्छ ।

तर, अनौपचारिक तवरले जानेको हकमा केही भन्न नसकिने शिक्षा मन्त्रालयका पदाधिकारीहरु बताउँछन् ।

हेर्नुहोस्, शिक्षा मन्त्रालयले एनओसी जारी गरेका पाकिस्तानका कलेजको नामावली ।

1. Bolan Medical College, Quetta Pakistan
2. College Of Opthalmalogy & Vision Science Pakistan
3. Comsats Institute Of Information Technology Pakistan
4. H.e.j. Research Institute Of Chemistry Pakistan
5. Hamdard College Of Medicine And Dentistry Pakistan
6. Institute Of Management Science Pakistan
7. Joint Centralized Admission Test Examination Pakistan
8. Madrassah Arabiah, Ralwand,lahore Pakistan
9. Nawabshah Medical College For Girls Pakistan
10. Punjab Dental Hospital Pakistan
11. Riphah Islamic International Medical College Pakistan
12. Shaikh Zayed Postgraduate Medical Institute Pakistan
13. The Children’s Hospital & The Institute Of Child Health Pakistan
14. Peoples University of Medical and health Sciences for Women Pakistan
15. University of Veterinary and Animal Sciences Pakistan
16. Punjab Medical College Pakistan
17. Postgraduate medical institution Pakistan
18. Nishtar Medical University Pakistan
19. University College of medicine and dentistry Pakistan
20. Mirchawala’s Hub of Accountancy,1st Floor,Marium Complex, Main Bahadurabad Road, Karachi, Pakistan, Pakistan
21. Quaid-e-Azam Medical College Pakistan
22. Fatima Jinnah Medical University Pakistan
23. Faisalabad Medical University Pakistan
24. Lady Reading Hospital Pakistan

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *