नेकपा एसले भन्यो- भारत र पाकिस्तानबीच देखिएको समस्या समाधान गर्न सरकारले कूटनीतिक प्रयास चालोस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाल सार्क राष्ट्रको विशेष जिम्मेवारी नेपालको रहेकाले भारत र पाकिस्तानबीच शान्ति स्थापनाका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत र पाकिस्तानबीच देखिएको समस्याले युद्ध निम्तिने खतरा बढेको बताए।

उनले भने, ‘यतिबेला अन्तर्राष्ट्रिय क्षेत्र ठूलो युद्धको भुमरीमा प्रवेश गर्न लागिरहेको देखिएको छ। भारत र पाकिस्तानबीच पनि समस्या सिर्जना भएको छ। हामी सार्क राष्ट्रमा रहेका, सार्क राष्ट्रको विशेष महत्त्वपूर्ण जिम्मेवारीमा रहेको नाताले सरकारले शान्ति स्थापना गर्नको लागि आफ्नो कूटनीतिक प्रयास चालोस्।

Comments

One response to “नेकपा एसले भन्यो- भारत र पाकिस्तानबीच देखिएको समस्या समाधान गर्न सरकारले कूटनीतिक प्रयास चालोस् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यसले अब यो लडाई नै केपि ओलिले गर्दा भएको हो भन्न बेर छैन । अझ अघि बढेर भारत पाकिस्तानबीच युद्व गराउने ओलि चोर देश छोड भन्न वा भारतलाई समर्थन गर्न सेना र हतियार नदिएको भनेर ओलि मूर्दावाद भन्न बेर छैन । उतैबाट पालिएकाहरू जे पनि भन्छन् । अमेरिकाले त वार्ताबाट समस्या समाधान गर बाँकी हाम्रो मामिला होईन भनिसक्यो । यो धादिङ्गे कहाँबाट कराउन आएछ ? नूनको सोझो गरेको होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *