काठमाडौं । वैवाहिक बलात्कार मुद्दाका प्रतिवादीलाई प्रहरीले कतारबाट पक्राउ गरेको छ । पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका– ३१, बेलवाप्रसौनीका समसुदिन अन्सारी पक्राउ परेका हुन् ।
पत्नी बलात्कारको मुद्दा लागेपछि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए । केन्द्रीय प्रहरी सञ्जाल इन्टरपोलबाट रेडकर्नर नोटिश जारी भएपछि पक्राउ परेका हुन् ।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Leave a Reply