राजेन्द्र लिङ्देनको दाबी- संविधानले राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको कुरा उठाउन निषेध गरेको छैन (भिडिओ)

काठमाडौं । रास्वपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको गणितको हिसाबले कुनै शंका गर्ने ठाउँ नभएपनि नीति तथा कार्यक्रम हेर्दा सरकार निराश देखिएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले विधि पुर्‍याउनको लागि नीति तथा कार्यक्रम ल्याइदिएजस्तो मात्रै गरेको बताए।
उनले सरकारलाई सरकार मात्रै नभई व्यवस्था नै अनिश्चित छ भन्ने लागिसकेको दाबी गरे।

उनले भने, ‘यो गणतन्त्र र संविधानका कतिपय व्यवस्थाका विरुद्ध अथवा फरक मत राखेर राजनीति गर्न कसैलाई प्रतिबन्ध गर्न सकिँदैन। र कानून बनाउन पाइँदैन। यो संविधानले नै निषेधित गरेको कुरा हो। यहाँ कुरा उठिरहेको छ, राप्रपाले राजसंस्था स्थापनाको कुरा गर्नु, हिन्दू राष्ट्र स्थापना र सङ्घीयता खारेजीको कुरा गर्नु, संविधान विरोधी हो र यिनीहरूलाई दण्डित गरिनुपर्छ भनेर। तर यो संविधान निर्माणको तहमा निर्णायक स्थानमा राप्रपा थिएन। जसले कारवाहीको माग गरिराख्नुभएको छ। त्यो संविधान तपाईँहरूले बनाउनुभएको छ। संविधानको धारा २७० पल्ट्याएर हेर्नुस्।’

उनले आफूहरूले सके राजसंस्था र हिन्दू राष्ट्र स्थापना, प्रदेश खारेजी गरेर दुई तहको सरकार स्थापना गर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *