डीआईजी बढुवा जेठ लागेपछि, ११२ टोलीमाथि थप दुई टोलीको चुनौती

काठमाडौं । रिक्त भएको दुई महिनाभन्दा बढी भइसक्दा पनि नेपाल प्रहरीमा डीआईजी बढुवा हुन सकेको छैन । वैशाख २८ गतेसम्म गृह सचिव गोकर्णमणि दुवाडी देशबाहिर र ३० गतेसम्म आईजी दिपक थापा काठमाडौं बाहिर हुने भएपछि बढुवा जेठ लागेपछिमात्रै हुने भएको छ ।

बढुवाको समय जति जति लम्बिन्छ, उति उति चलखेल बढ्दा बढुवा दावेदार टोलीहरु चिन्तित छन् । रिक्त १० डीआईजीको बढुवाका निम्ति राअ टोलीका ३ एसएसपीसहित ११२ टोलीबाट पहिलो लटमा एसएसपी हुनेबीच प्रतिस्पर्धा थियो ।

केही दिनअघि ११४ टोलीबाट पहिलो लटमा एसएसपी बढुवा हुने रमेश थापा केन्द्रीय प्रहरी प्रवक्ता तोकिएपछि डीआईजीका दावेदार टोलीहरु झस्किएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रायः डीआईजी दर्जाबाट दिने गरिन्छ । डीआईजीलाई नदिइएको स्थितिमा एसएसपीमध्येका सिनियरले पाउँदै आएका छन् । प्रवक्ता थापा सिनियर एसएसपी हैनन्, तर सरकारले बढुवा दिन चाहँदा बढुवा योग्य भने हुन् ।

रिक्त भएको १० डीआईजीका लागि २०८० वैशाख १४ मा एसएसपी बढुवा हुने ११२ टोलीले आफ्नो बलियो दावेदारी पेश गर्दै आएको छ । उक्त बढुवामा समावेश भएका १८ मध्ये १५ जना डीआईजीका दावेदार हुन् । ३ जना अवकास भइसके ।

सो टोलीबाट एसएसपी हुने सम्भावित नाम हुन्, विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौरा, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्ज्वल महर्जन ।

यो टोलीभन्दा पहिल्यै एसएसपी बढुवा हुने राअ टोलीका तीनजना डीआईजीका दावेदार छन् । उनीहरु २०७९ साउनमा एसएसपी बढुवा भएका हुन् । ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ र विमल बस्नेत डीआईजी बढुवाका बलियो दावेदार हुन् । उक्त बढुवाका एसएसपीमध्ये अहिले केही एआईजी र प्रायः डीआईजी भइसकेका छन् ।

प्रहरी प्रवक्ता तोकिएका रमेश थापा २०८१ माघमा भएको एसएसपी बढुवाको पहिलो नम्बरका अधिकृत हुन् । यदि उक्त टोलीबाट डीआईजी छनौट हुने भएमा थापापछि अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला दावेदार हुन्छन् ।

सोही टोलीका होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो, बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकालमध्येले पनि डीआईजी दावी गर्ने अवस्था हुन्छ ।

यसअघि एसएसपीबाट प्रहरी प्रवक्ता तोकिएका व्यक्तिलाई डीआईजी बढुवामा प्राथमिकता दिइँदै आएको थियो । त्यस्तै, बढुवा हुने डीआईजीबाट प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिनका लागि अहिलेसम्म कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रमुख तोकिएको छैन । त्यहाँ २०८१ माघका एसएसपी शिवकुमार श्रेष्ठले निमित्तको जिम्मेवारी वहन गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *