‘युद्ध रोक, शान्ति बहाल गर’ भन्दै भारतीय दूतावासअघि मानवअधिकारकर्मीको धर्ना

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भारतीय दूतावासमा प्रदर्शन गरेका छन् ।  कृष्ण पहाडीलगायतका मानव अधिकारकर्मीले लैनचाैरस्थित भारतीय दूतावासअघि ‘युद्ध रोक, शान्ति प्रवर्द्धन गर’ भन्दै  प्रदर्शन गरेका हुन् ।

दूतावासअघि युद्ध निषेधः शान्ति विशेष अभियान अन्तर्गत  प्रदर्शन  गरेकाे समाजका अध्यक्ष कृष्णा पहाडीले बताएका छन् । उक्त प्रदर्शन भारत-पाकबीचको बढ्दो तनाव अन्त्य र शान्तिको लागि ध्यानाकर्षण गराएकाे  बताए ।

भारत र पाकिस्तानबीच गाेलाबारी सुरु भएको छ । अहिले भारत र पाकिस्तानले एक अर्कामाथि आक्रमण गरिरहेको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *