पेरिसडाँडामा जनवादी बिहे गरेर टेरेस रिसोर्टमा शानदार पार्टी, जहाँ लडे प्रचण्ड

काठमाडौं । गत शुक्रबार माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते भएपछि उनको सचिवालयलाई सूचना लुकाउन सास्ती भयो । तर, जति प्रयास गर्दा पनि वास्तविकता बाहिर आइहाल्यो ।

प्रचण्डकी छोरी गंगा दाहालले बिहान सवा आठ बजे फेसबुकमा अधुरो सूचना लेख्दै भनेकी थिइन्, ‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु।’

यो स्टाटसमा उनले कहाँको शौचालय भनेर जानाजान खुलाएकी थिइनन् । तर, सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदा सचिवालयका अन्य व्यक्तिहरूले घरमै लडेको दाबी गरिरहेका थिए । जुन अन्तमा झूटो ठहरियो । प्रचण्ड त्यस रात लाकुरी भञ्ज्याङको बहुतै विलासी टेरेस रिसोर्टमा बास बसेका रहेछन् ।

यो प्रकरणमा अर्को एउटा रोचक तथ्य पनि फेला परेको छ । प्रचण्ड उक्त होटलमा आफ्ना एक निकटस्थको विवाह पार्टीमा परिवारसहित सामेल भएका थिए । विवाहको रिसेप्सनमा सामेल हुनु आफैँमा अनौठो भएन । तर, जुन जोडीले काठमाडौंकै महँगो रिसोर्टमा शानदार रिसेप्सन पार्टी दिए, उनीहरूले विवाह चाहिँ ‘जनवादी’ गरेका रहेछन् । त्यो पनि प्रचण्डकै उपस्थितिमा ।

प्रचण्ड प्रधानमन्त्री हुँदा उनको आईटी विज्ञका रूपमा काम गरेका प्रकाश रायमाझीले गत २३ वैशाखमा कृति कार्कीसँग एकदमै सादगी तवरबाट विवाह गरेका थिए ।

माओवादीको मुख्यालय पेरिस डाँडामा मामुली वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो, जहाँ प्रचण्ड प्रमुख अतिथि थिए भने अन्य सिनियर नेताहरूको पनि उपस्थिति थियो ।

जनवादी विवाह गरेपछि फेसबुकमा रायमाझीलाई थुप्रैले बधाई दिएका थिए । लाखौँ-करोडौँ खर्च गरेर भड्किलो विवाह गर्ने प्रवृत्तिबीच यो जोडीले एउटा उदाहरण कायम गरेको भन्दै उनीहरूको प्रशंसा भयो । तर, त्यही जोडीले राति टेरेस होटलमा दिएको विवाह पार्टी भने कम्ता जोसिलो थिएन ।

प्रचण्डका घरबेटीदेखि छोरी ज्वाइँसम्म पार्टीमा सामेल भए । स्रोतका अनुसार लेट नाइटसम्म चलेको पार्टीमा मद्यपानको यथेष्ट व्यवस्था थियो । प्रचण्डले पनि चुस्की लिँदै रमाइलो गरेका थिए ।

तर, बिहान हुन लाग्दा भने उनलाई नरमाइलो भयो । ट्वाइलेटमा लडेपछि रातिको ह्याङ नउत्रिँदै उनलाई बिहान ४ बजे अस्पतालतिर कुदाउनु पर्‍यो । सचिवालयलाई सूचना लुकाउन दु:ख भयो ।

प्रकाश रायमाझीले अहिलेसम्म पनि आफ्नो रिसेप्सन पार्टीको तस्बिर/भिडिओ सामाजिक सञ्जालमा हाल्न सकेका छैनन् । उनको टाइमलाइनमा जनवादी विवाहको सादगी तस्बिरहरूमात्रै छन् ।

स्मरण रहोस् टेरेस रिसोर्ट काठमाडौंकै महँगोमध्येको रिसोर्ट हो, जहाँ एउटा कोठा एक २४ घण्टाका लागि बुक गर्न ३० हजारभन्दा बढी तिर्नुपर्छ ।

Comments

6 responses to “पेरिसडाँडामा जनवादी बिहे गरेर टेरेस रिसोर्टमा शानदार पार्टी, जहाँ लडे प्रचण्ड”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    लुट्न सके लुट कान्छा, ढाट्न सके ढॅाट !! अत्याचारी, पापी, हत्यारा!!

  2. Mr. Lama Avatar
    Mr. Lama

    तेरी चाेरहरुकाे चटकी है । तेरीमा झ्याक्ने

  3. Nepali kanxo Avatar
    Nepali kanxo

    maobadi sanga sacho sstya kura ko aas garne haru maobadi vanda aparadhi hun. Tigher musalman le ghar ma pale pani american le pale pani chitawan ko national park ko vaya pani khane masu nai ho. Vaisi or deer, gai or rabbit. Maobadi le pani kai true & fact kuro garxa vanya….????

  4. ksp pyl Avatar
    ksp pyl

    प्रचण्ड के हो भन्ने कुरा यहि घटनाले स्पष्ट हुन्छ । बाहिर प्रचण्डले भनेका सबै नक्कली कुरा हुन् पेरिस डाँडाको जनवादी बिहेजस्तै । उनको असली काम चाहिँ टेरिसमा जाँड खाएर लडनु हो ।

  5. jwala Avatar
    jwala

    कमरेडहरु खतरा । बर्कोमा लुकाएर घ्यु खाने चलन

  6. RK Avatar
    RK

    अलि अलि लडेको पनि के को सम्चार हो ? यत्तिको त हामी वाख्रा हेर्न जादा पनि ठोसिन्थ्यो यार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *