नेविसंघले २ केन्द्रीय सदस्यसहित ६ नेतालाई साधारण सदस्यसमेत नरहने गरी निकाल्यो

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले दुई जना केन्द्रीय सदस्यसहित ६ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

नेवि संघले केन्द्रीय सदस्यहरु अशोक सिंह बिष्ट, विजय शाह (अनुराग), जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायलाई कारबाही गरेको हो ।

आरआर क्याम्पस स्ववियू अनेरास्ववियुसँग मिलेर निर्विरोध गराउन भूमिका खेलेका उनीहरूलाई दुजाङले स्पष्टीकरण सोधेका थिए ।

अशोक सिंह विष्ट गृहमन्त्री रमेश लेखकनिकट हुन् भने अनुराग प्रकाशशरण महतनिकट हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *