पाकिस्तानमाथि भारतले गरेको ‘अप्रेशन सिन्दूर’लाई कांग्रेस नेता शंकर भण्डारीको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले भारतले पाकिस्तानमाथि गरेको आक्रमणको समर्थन जनाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै आतङ्कवादलाई नियन्त्रण गर्दै शान्ति स्थापनाका लागि गरिने कार्वाहीको शान्तिप्रिय नेपाली जनताले सदैव समर्थन गर्दै आएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको निकट छिमेकी मित्रराष्ट्र भारतको जम्मु-कस्मिर राज्यको प्रसिद्ध पर्यटकीय क्षेत्र पहलगाममा वितेको ९ बैशाखका दिन पर्यटकको एक समूहमाथि अतिवादी मुश्लिम बन्दुकधारी आतङ्ककारीहरूबाट एक नेपाली सुदीप न्यौपानेसहित २६ जना व्यक्तिको मृत्यु तथा दर्जनौं घाइते भएको मानवता विरोधी क्रुर आततायी घटनाको नेपाली काँग्रेस, वैदिक सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान नेपालले यस अघि नै कडा शब्दमा निन्दा गर्दै भत्र्सना गरिसकेको छ स्मरण गराउन चाहन्छौं ।’

विश्वमा जुनसुकै राष्ट्र, क्षेत्र वा भूभागमा हुने आतङ्ककारी गतिविधिको सदैव विपक्षमा हुने बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘आतङ्कवादलाई नियन्त्रण गर्दै शान्ति स्थापनाका लागि गरिने कारबाहीको शान्तिप्रिय नेपाली जनताले सदैव समर्थन गर्दै आएका छन् । हाम्रो यो अभियान आतङ्कवादलाई नियन्त्रण गर्न गरिने कुनै पनि कार्वाहीको हार्दिकतापूर्वक समर्थन गर्दछ ।’

 

Comments

2 responses to “पाकिस्तानमाथि भारतले गरेको ‘अप्रेशन सिन्दूर’लाई कांग्रेस नेता शंकर भण्डारीको समर्थन”

  1. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    तपाईं धर्मनिर्पेक्षको विरुद्धमा नलागनुस ।लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा नलाग्नुस।भ्रष्टाचारको विरुद्धमा लाग्नुस शुशाशनको पक्षमा लाग्नुस।देश अझै बन्ने छ!

    1. Nick Kashyap Avatar
      Nick Kashyap

      हिन्दू राष्ट्र स्थापनाको पक्षमा लाग्नुस, त्यो नै हाम्रो पहिचान हो। पाष्टरहरू कराउदै गर्छन्, हिन्दुहरू लम्कदै गर्छन् आफ्नो लक्षमा!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *