खुमलटार पुगेर भाजपा नेता कोश्यारीले भेटे प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएका छन्। भाजपा नेता कोश्यारीले प्रचण्डलाई खुमलटार पुगेर भेटेका हुन्।

दुई नेताबीचको आज भेटवार्ता भएको प्रचण्ड सचिवालयले जनाएको छ। गत साता भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएर प्रचण्डसहित प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगातत अधिकांश राजनीतिक दलका नेताहरुलाई बेग्लाबेग्लै भेटेका थिए।

चौथाइवालेको भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कालबाजी भइरहेको छ।

Comments

One response to “खुमलटार पुगेर भाजपा नेता कोश्यारीले भेटे प्रचण्डलाई”

  1. ksp Avatar
    ksp

    भोलिदेखि प्रचण्डले अब सरकार परिवर्तन हुन्छ भन्छ । काँग्रेसलाई निशर्त समर्थन भन्छ । फकाउँछ । यी भारतीय जान्छन् ।अनि फेरि लाकुरी भन्ज्याङ्गमा अर्को घटना हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *