काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले दुई दलबीच भएको सहमति अनुसार सरकारको नीति तथा कार्यक्रम नआएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस र एमाले मिलेर बनेको सरकारसँग ठूलो अपेक्षा भएपनि नीति तथा कार्यक्रममा केही कमजोरी भएको बताए।
उनले भने, ‘यो मिश्रित खालको आएको छ। बजेट कार्यान्वयन हुन नसक्ने कुरामा पनि सरकारको संरचना र नीजि क्षेत्रको कमजोरी कारणले गर्दा पनि हामीलाई बजेट कार्यान्वयन समस्या देखिएको छ। यसतर्फ पनि सरकारको नीति तथा कार्यक्रमले ध्यान दिनुपर्छ।’
नीति तथा कार्यक्रममा विभिन्न विधेयकहरु पारित गर्नुपर्ने ल्याएको भएपनि त्यसप्रति ध्यान दिनुपर्ने बताए।

Leave a Reply