विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईविरुद्ध खोटाङको साकेला गाउँपालिकामा नाराबाजी भएको छ ।
समन्वय नगरी काम गरेको भन्दै आफ्नै गृह जिल्ला खोटाङमा मन्त्री राईविरुद्ध कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका हुन् । नाराबाजीपछि उनको कार्यक्रम केहीबेर बिथोलिएको छ ।
उनी खोटाङको साकेला गाउँपालिकामा कार्यकर्ता भेटघाटका लागि गएका थिए । त्यहाँ पुगेका मन्त्री राईले एकलौटी काम गरेको समन्वय नभएको भन्दै कांग्रेसकै कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए।
बिरोधको नेतृत्व साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वको टोलीले गरेको हो। आफ्नै कार्यकर्ताको घेराबन्दीमा परेका राईलाई डिएसपी नेतृत्वको प्रहरी टोलीले सुरक्षा दिनुपरेको थियो ।
मन्त्री राईले दादागिरी देखाएको आरोप नेपाली कांग्रेसबाटै गाउँपालिका अध्यक्षमा निर्वाचित रवि प्रकाश राईले लगाएका छन् ।
अध्यक्षको समूहले मन्त्री राईलाई केहिबेर कार्यक्रम गर्नबाट रोक लगाएका थिए। त्यसपछि मन्त्री राईले अर्को स्थानमा कार्यक्रमको आयोजना गरेका थिए । मन्त्री राईका स्वकिय अ्मृत गिरीले सामान्य भनाभन मात्रै भएको दावी गरे ।

Leave a Reply