रेशम चौधरी पक्राउबारे गृहमन्त्रीको प्रष्टीकरण- कुनै पूर्वाग्रह राखेकाे होइन (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नाउपाका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा सरकारकाे कुनै पूर्वाग्रह नरहेको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सर्वोच्च अदालतको शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृत पत्र तयार पारेको कारणले चौधरीलाई पक्राउ गरिएको भएपनि अध्ययन लगत्तै छाडिएको बताए ।

उनले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस घटनाले रेशम चौधरीलाई भएको पीडाप्रति दुख व्यक्त गर्न चाहन्छु ।’

उनले अनधिकृत पत्र तयार पार्ने व्यक्तिलाई पक्राउ गरिसकेको बताए । प्रहरीले सर्वोच्चको आदेश पालना गर्ने उद्देश्यले मात्रै चौधरीलाई पक्राउ गरेको भएपनि सत्य पत्ता लागेपछि छाडेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *