लाहोरस्थित पाकिस्तानी रक्षा प्रणाली र राडार निष्क्रिय बनाइएको भारतको दाबी

काठमाडौं । भारतले पाकिस्तानको लाहोरस्थित वायु रक्षा प्रणालीलाई निष्प्रभावी बनाइएको दाबी गरेको छ । आजै विहान भारतीय सशस्त्र बलले पाकिस्ताका कयौं स्थानमा वायु रक्षा राडार र प्रणालीहरुलाई निशाना बनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयले विहीवार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानले जम्मु कश्मीरका विभिन्न ठाउँमा मोर्टार र ठूलो शक्तिका क्यालिबर आर्टिलरीमार्फत नियन्त्रण रेखाभन्दा बाहिर गोलाबारी गरेकाले प्रतिकार गरिएको हो ।

गएराती पाकिस्तानले ठाउँ ठाउँमा हमला गरेको र त्यसको जवाफ भारतले दिएको रक्षा मन्त्रालयको दावी छ । पाकिस्तानको गोलाबारीका कारण तीन महिला र पाँचजना बालबालिकासहित १६ निर्दोष नागरिक मारिएकोले जवाफी कारवाही गर्न बाध्य भएको रक्षा मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *