पाकिस्तानबाट नेपालमा कपडादेखि औषधिसम्म हुन्छ आयात

काठमाडौं । अहिले भारत र पाकिस्तानबीच तनाव चुलिएको छ । भारतले पाकिस्तानी भूभागमा मिसाइल आक्रमण गरेपछि यी दुई देश ‘युद्ध’ मा होमिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भारतले ‘युद्ध कार्य’ गरेको भन्दै कडा जवाफ दिने बताएका छन् । यी दुई देशको युद्धको खतरा बढिरहँदा नेपालको वैदेशिक व्यापारमा कस्तो असर पर्छ भनेर चासो बढेको छ ।

नेपाल-पाकिस्तानबीचको व्यापार निर्यातभन्दा आयात नै उच्च देखिन्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख ७ हजार रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ ।

त्यस्तै, यस अवधिमा नेपालबाट ६ करोड २२ लाख ९१ हजार रूपैयाँ बराबरको निर्यात गरेको छ । यो ९ महिनामा नेपाल-पाकिस्तानको व्यापारमा नेपालले १९ करोड २४ लाख रूपैयाँको घाटा व्यहोरेको छ ।

भारत र पाकिस्तानबीच तनाव बढिरहँदा त्यसको व्यापारिक असर नेपालमा पनि पर्ने देखिएको छ । नेपालले पाकिस्तानबाट कपडादेखि औषधिसम्म आयात गर्ने गरेको भन्सारको तथ्यांकले देखाउँछ ।

यी हुन् पछिल्लो ९ महिनामा पाकिस्तानबाट आयात गरिएका वस्तुहरू-

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *