तस्बिरमा हेरौँ विश्वका २५०० तालको सूचीमा अटाएको भरतपुरको ‘बीस हजार ताल’ क्षेत्र

भरतपुर । धेरैले भन्ने नाम ‘बीस हजारी ताल’ हो । तर यसको औपचारिक नाम ‘बीस हजार ताल’ हो । ताल क्षेत्रको बोर्डमा होस् वा विश्वका सीमसारको एक मानक सूची रामसार साइटमा, नाम ‘बीस हजार’ नै उल्लेख गरिएको छ ।

बीस हजार ताल विश्वका २५०० रामसार तालमध्ये एक हो । सन् २००३ मा रामसार साइटमा सूचीकृत यो ताल विश्व सम्पदा सूचीमा अट्ने नेपालको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । प्रशासनिक रूपमा भरतपुर महानगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्छ यो ताल ।

तालमा प्रवेश गर्न पैदल यात्रा निषेध गरिएको छ । व्यक्तिको २५ रुपैयाँ र बाइकको २५ रुपैयाँ शुल्क लाग्ने टीकेटर कल्पना सुनारले नेपाल प्रेसलाई जानकारी दिइन् । सुनारका अनुसार औसतमा दैनिक ४०० आगन्तुक आउने तालमा धेरैमा २५०० सम्म आएको रेकर्ड छ ।

पूर्वी चितवनको नहर सन् २०२२ मा बनेको कारण वा खासगरी नहरको मुहानबाट तालसम्मको भौगोलिक दूरी २० हजार फिट रहेकोले पनि यो नाम रहन गएको भन्ने तर्क वितर्क छन् । तालको पानी निकुञ्जका जनावर र पक्षीहरूको प्यास मेट्ने प्रमुख स्रोत हो । भ्रमण वर्ष २०२० का लागि सरकारले सार्वजनिक गरेका १०० गन्तव्यमध्ये बीस हजार ताल पनि एक हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *