`ऊनको स्वीटर´काे प्रिमियरमा राजेन्द्र लिङदेनदेखि इन्दिरा रानासम्म (तस्बिरहरू)

काठमाडौं । यही शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को प्रीमियर भएको छ ।

काठमाडौंको बिग मुभिजमा आयोजित प्रीमियरमा विभिन्न कलाकार को उपस्थिति रहेको थियो । प्रीमियरमा नायक अनुप विक्रम शाही , सौगात मल्ल , नायिका रिमा विश्वकर्मा , केकी अधिकारी, निर्देशक प्रदीप भट्टराई , सन्दीप क्षेत्री , कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की , उप सभामुख इन्दिरा राणा मगर , सांसद असिम शाह , गायक अस्मिता अधिकारी , महेश काफ्ले , विक्की अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

आर्टमाण्डू प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्वीटर’ मा अभिनेता विपिन कार्की,  मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा देखिँदै छन् ।

उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगर लगायतको दमदार अभिनय रहनेछ ।

सङ्गीतमा सुजन चापागाईँ र झुमा लिम्बुको निर्देशनमा बनेका “फूल”, “मखमली”, र “काफ्ले” जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्रेलरले पनि चलचित्रको प्रतीक्षा उत्साहजनक बनाएको छ ।

निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ । चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्रको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो । यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *