प्रहरी प्रवक्तामा एसएसपी रमेश थापा, डीआईजी बढुवाको सम्मुखमा प्रहरीभित्र रोचक खेल

काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापालाई तोकेको छ । डीआईजी दर्जाका अधिकृतले सम्हाल्दै आएको उक्त जिम्मेवारी एसएसपी दर्जालाई दिइएको हो ।

यसअघि पनि एसएसपीबाट प्रहरी प्रवक्ता तोकिने अभ्यास थियो, तर त्यसबेलाका प्रवक्ताले लगत्तै डीआईजी बढुवा पाएका थिए । यसअघिका प्रवक्ता डीआईजी दिनेश आचार्य गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएपछि सो जिम्मेवारी रिक्त थियो ।

डीआईजी बढुवाको सम्मुखमा थापाले पाएको जिम्मेवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रिक्त १० डीआईजी बढुवाका लागि राअ टोलीका ३ सहित २०५६ असार ३ मा नियुक्त इन्स्पेक्टर टोली नम्बर ११२ का एसएसपीबीच प्रतिस्पर्धा चलिरहेको छ ।

प्रवक्ताका रुपमा थापाको इन्ट्री रोचक बनेको छ । उनी टोली नम्बर ११४ का इन्स्पेक्टर हुन् । उनीहरूको नियुक्ति मिति २०५८ साउन १८ हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *