मोहन वैद्यकी आमा जानकादेवी १०० वर्षमा बितिन्

रुपन्देही । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यलाई मातृशोक परेको छ । वैद्यकी आमा जानकादेवी उपाध्यायको आज १०० वर्षको उमेरमा निधन भएको हो ।

उनको अन्त्येष्टि दाङको घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने छोरीतर्फका नाति प्रशान्त वलीले जानकारी दिए ।

जानकादेवीका ७ भाइछोरा र एक छोरी छन्, जसमध्ये ७९ वर्षीय मोहन जेठा हुन् । ७ छोरामा मोहन, वासुदेव, नारायण, दामोदर, गोपाल, हेमराज र मधुसुधन हुन् भने छोरी रमा वैद्य हुन् ।

प्यूठानबाट वैद्य परिवार दाङमा बसोबास गर्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *