चलचित्र ‘मितज्यू’मा स्मिता लामिछाने अनुबन्धित

काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन् । अभिनेत्री लामिछानेको जन्मदिनको अवसर पारेर सिनेमामा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

निर्मात्री समेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’बाट नेपाली सिनेमामा मुख्य अभिनेत्रीको रुपमा डेव्यु गरेकी हुन् । उनको निर्माण तथा अभिनय रहेको सिनेमा ‘आँखा’ गतवर्षको असोजमा प्रदर्शनमा आएको थियो । यससँगै उनको मुख्य भूमिका रहेको सिनेमा ‘म राजेश हमाल’ प्रदर्शनको तयारीमा छन् ।

गतवर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’ निर्माण टीमले बनाउन लागेको ‘मितज्यू’को छायांकन आगामी मंसिरबाट सुरु हुनेछ ।

गतवर्षको असार अन्तिममा प्रदर्शनमा आएको ‘घरज्वाइँ’ले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । हाल कथा लेखनको चरणमा रहेको ‘मितज्यू’को मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई र तेरिया फौजा मगर अनुबन्धित भैसकेका छन् ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । आगामी चैत २७ गते नेपाली नयाँ वर्षलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *