बालमन्दिर जमिन घोटाला मुद्दा दर्ता: भारतीय नागरिकदेखि स्व.गणेशमान सिंहकी छोरीसम्म प्रतिवादी (मुद्दाको पूर्णपाठसहित)

काठमाडौं । नक्सालमा रहेको बाल मन्दिरको जग्गा हिनामिनासम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो (सिआईबी) ले आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले थप छानवीन गरेर मुद्दा बुझाएको जिल्ला सरकारी वकिल कार्यालयस्रोतले जनायो ।

मुद्दामा नेपाल बाल संगठनकी तत्कालिन अध्यक्ष रितासिंह वैद्यसहित १७ प्रतिवादी छन् । भारतीय नागरिकलाई पनि प्रतिवादी बनाइएको उक्त मुद्दामा ६० करोडभन्दा बढी रकम मागदावी पेश भएको छ ।

प्रतिवादी बनाइएका भारत, कर्नाटक राज्य, बैंग्लोरका कीर्तिप्रसाद पाण्डे बाल मन्दिर हाताभित्र सञ्चालित बृहस्पति विद्या सदनका सञ्चालक हुन् । उनले सञ्चालन गरेको राई स्कुलले पनि सो जमिन ओगटेको छ । उनी नेपालमा बसोबास गर्ने भारतीय नागरिकको एक संस्थाका अध्यक्ष पनि हुन् ।

मुद्दाका प्रतिवादीमा बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालिन सदस्य एवम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, तत्कालिन अख्तियार प्राप्त् महासचिव श्यामकुमार आले, तत्कालिन अख्तियार प्राप्त महासचिव सुवासकुमार पोखरेल, तत्कालिन महासचिव प्रचण्डराज प्रधान, तत्कालिन महासचिव रामकाजी गुरुङ, तत्कालिन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, तत्कालिन उप–कोषाध्यक्ष दिपदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन प्राली सञ्चालनकहरु प्रविणराज जोशी, मुरारीनिधी तिवारी, पुरुषोत्तमराज जोशी, श्रदा संघाई, अभिवन सिंघानिया, सिद्धार्थ केडिया, किर्तीप्रसाद पाण्डेसहित छन् ।

मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा उनीहरुलाई प्रतिवादी बनाइएको हो । उक्त महलअनुसार ७ वर्ष कैददेखि ७० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुने व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *