राष्ट्रसंघका महासचिव गुटेरेसको भारत-पाकिस्तान तनावप्रति गम्भीर चिन्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पाकिस्तानी पत्रिका एक्सप्रेस ट्रिब्युनका अनुसार, उनले विश्वले भारत र पाकिस्तानबीचको युद्ध सहन नसक्ने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

गुटेरेसले दुवै देशबीचको सैन्य तनाव कम गर्न आग्रह गर्दै, अन्तर्राष्ट्रिय शान्ति वार्ताको पहल गर्नुपर्ने बताएका छन्।

बुधवार भारतले पाकिस्तानी भूभागमा आक्रमण गरेको थियो भने, पाकिस्तानले पाँच भारतीय सैन्य विमान र एक ड्रोन खसालेको दाबी गरेको समाचार सार्वजनिक भएपछि गुटरेसको यस्तो प्रतिक्रिया आएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *