भारत-पाक तनावबारे चीनको प्रतिक्रिया- पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक

काठमाडौं । भारत र पाकिस्तानबीचको गोलाबारी चलिरहेका बेला चीनले पहिलो पटक मुख खोलेको छ ।

चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको छ ।

दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्- हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *