सुर्खेत । गुल्मोहर ढकमक्क फूलेपछि वीरेन्द्रनगर सिंगारिएको छ । वीरेन्द्रनगरका सडक छेउमा फूलेका गुल्मोहरले सबैलाई आकर्षित गर्छन् ।
ढकमक्क फूलेका गुल्मोहर फुलसँग तस्बिर, भिडिओ खिच्ने तथा टिकटक बनाउनेहरूको भीड नै लाग्ने गरेको छ । गुल्मोहर हरेक वर्ष वसन्त ऋतुमा फूल्ने गर्छ । वीरेन्द्रनगरका कुहिनेपानी, घण्टाघर आसपास, चिसापानी, विद्युत् कार्यालय वरपर गुल्मोहरका रुखहरू छन् ।
घण्टाघर बाहिर खुल्ला पार्क बनाएको छ भने नजिकै गुल्मोहरका रुख छन् । आन्तरिक पर्यटकहरू पार्कमा रम्दै गुल्मोहरको फूलको अवलोकन गर्ने गरेका छन् ।


Leave a Reply