लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्रका जवान जंगम महानिरीक्षकद्वारा सम्मानित

काठमाडौं । ६ हजार १ सय मिटर उचाईको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जवान विजय जंंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याले सम्मान गरेका छन् ।

बैशाख २१ गते प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जवान जंगमलाई सम्मान तथा बधाई दिएका हुन् ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरुमा खोज तथा उद्धार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको र मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथ उद्धार गर्नसक्ने जनशक्ति उत्पादनको लागि तालिम संचालन गरिरहेको बताए ।

सशस्त्र प्रहरी जवान जंगमले बैशाख १४ गते विहान ७ बजेर १२ मिनेटको समयमा लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । उनी लोबुचे हिमाल आरोहणका लागि यही बैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

यो सँगै जंगम सशस्त्र प्रहरी बल नेपालमा हिमाल आरोहण गर्ने दोस्रो व्यक्ति भएका छन् । यसअघि सशस्त्र प्रहरी निरीक्षक सुरज पौडलले सगरमाथा आरोहण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *