मिश्रलाई आज पनि हत्कडीमै छिराइयो अदालत, प्रहरी परिसरमा राप्रपा कार्यकर्ताको खोसियो फोन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि फेरि अदालत लगिएको छ । एक हप्ता अगाडि थपिएको म्याद सकिएपछि आज फेरि जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो ।

मिश्रलाई आज पनि हत्कडी लगाएरै अदालत पुर्‍याइएको थियो । गाडीबाट ओर्लिएपछि पनि हत्कडी नफुकालिएको त्यहाँ उपस्थित राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले बताए ।

यसअघि प्रहरी परिसरमा प्रहरीले एक राप्रपा कार्यकर्ताको मोबाइल फोन खोसेको छ । काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा कार्यकर्ता जोशीको फोन परिसरको प्रतीक्षालयबाट प्रहरीले खोसेको हो ।

मिश्रलाई बाहिर निकालिँदै गरेको थाहा पाएपछि उनले वकिलहरूलाई जानकारी दिन फोन गर्न खोजेका थिए । तर, फोन गर्न नपाइ प्रहरीले खोसेको स्रोतले बतायो । रवीन्द्र मिश्रलाई यता जिल्ला अदालतभित्र प्रवेश गराइसकेपछि मात्रै जोशीले आफ्नो फोन फिर्ता पाएका छन् ।

Comments

One response to “मिश्रलाई आज पनि हत्कडीमै छिराइयो अदालत, प्रहरी परिसरमा राप्रपा कार्यकर्ताको खोसियो फोन”

  1. बिश्वदेव शाह Avatar
    बिश्वदेव शाह

    यो निरंकुश सरकारले म्याद थपी थपी दुख दिइरहेकोछ। यस्को जति भर्त्सना गरेपनी थोरै हुन्छ। यथाशीघ्र हिराशत मुक्त गर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *