भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत पश्चिम लच्का नजिक कार र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गरूडा नगरपालिका-२,गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उनकी छोरी उर्मिला देवी रहेका छन् ।
चन्द्रपुर नगरपालिका-४ स्थित सडकखण्डमा हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना. ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए ।
बुवा बलिराम सहनीको चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिलाको एलएस न्यूरो हस्पिटल बारामा मृत्यु भएको डीएसपी राईले बताए ।
कार र चालक हेटौडा उपमहिनगरपालिका-१२ बस्ने ४३ वर्षीय कुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply