काठमाडौं । सरकारले वैदेशिक सहायता परिचालन नीति २०८२ जारी गरेको छ । वैदेशिक सहायता परिचालनमा नीतिगतरुपमा थप स्पष्टता आवश्यक रहेकोले नयाँ नीति जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।
वैदेशिक सहायता परिचालनबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्ने यस नीतिको उद्देश्य रहेको छ । नयाँ नीति अनुसार विकास सहायता परिचालन गरी स्वदेशी तथा विदेशी पुँजी र प्रविधि परिचालन हुने उपयुक्त वातावरण सिर्जना गरिने भएको छ । यसका साथै आयोजना तथा कार्यक्रम कार्यान्वयनमा तिव्रता दिई वैदेशिक सहायताको उपयोग क्षमता वृद्धि गरिने भएको छ ।
विकासको दीर्घकालीन लक्ष्य हासिल गर्न आवश्यक पर्ने स्रोत र साधनको न्यूनता परिपूर्ति गर्ने र वैदेशिक सहयोगको परिचालनबाट आर्थिक विस्तारमा योगदान पुर्याउने यस नीतिको लक्ष्य रहेको छ । वैदेशिक सहायता परिचालनमा राष्ट्रको नेतृत्वदायी भूमिका स्थापित गरी उपयोग क्षमतामा गुणात्मक वृद्धि गर्ने यस नीतिले लक्ष्य राखेको छ ।

Leave a Reply